मेरो प्यारो गाम्नाङ्ग गाउँ

साहित्य
हरि ब . श्रेष्ठ

ओखलढुङ्गा जिल्लाको पश्चिम भाग अवस्थित ठाउँ .

स्वच्छ हावापानी इमान्दारी जनजाति जन्मेको गाउँ

लेख वेसी मिली प्रकृतिक उपहार स्वरुप दिएको ठाउँ ..

कति रमाइलो स्वछ छ हेर हाम्रो प्यारो गाम्नाङ्ग गाउँ .

चैत वैशाखको शोभा वढाई रहेछन ललिगुरासका फुलहरुले

वसन्त रित’सगै रमाई रहेका मृग डाँफेका मयुरको प्वाखहरुले ..

आनन्द आउछ स्वच्छ हावा पानी भोक तिर्खा मेट्ने ठाउँ ..

एक चोटी सवैले घुम्नै पर्ने पहाडको काखको गाम्नाङ्ग गाउँ .

पूर्वदेखि उत्तर हुर्दै टोटे सिरपारी पुच्छर डुडे खोला वगेको छ .

पश्चिम दक्षिण ज’ङ्गे खोला कार्तिके भिरछेउ वस्ती सगै बग्र्छ ..

यी खोलाको स्वछ पानी खार्दै उज्यालो पार्दै सिंचित भएको ठाउँ .

घुम्न जाउँ स्वदेशी विदेशी अ‍ोखलढ’ङ्गाको रमणीय गाम्नाङ्ग गाउँ ..

धार्मिक स्थान किवदन्तीमा राई किराती वस्ती वसालेको ठाउँ .

माथि मैताक’न्त तल रक्तमाला देवीको दर्शन गर्न जाऊ ..

भिरकुनाको डाडै डाडाँ राम लक्ष्मणका पाइला भएको ठाउँ .

पर्यटन धार्मिक हिसावले पनि एक चोटी गाम्नाङ्ग घुम्न जाऊ ..

हरकटे, रिखीचौर,टोटे प्राकृतिक सौदर्य आनन्द छ लेखको गाउँ .

पाखान भेद ठुलोओखती चिराटो विभिन्न जडीवुटी पाउने ठाउँ ..

गाउँको वीचको सिन्की चौरमा अवस्थित स्कुल, कलेज पढ्न जाऊ .

स्वछ तन्द’स्र्थ हावापानी भएको कति राम्रो हाम्रो गाम्नाङ्ग गाउँ ..