पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’

समाचार

मुगु १ बैशाख । आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यामिक विद्यालय माग्रीमा भर्ना गराएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा राजबहादुर शाहीले लेखेका छन् ।
मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँ लामाले ८३ प्रतिशत अंक ल्याएर कक्षा १ मा प्रथम स्थान हासिल गरेकी छिन् ।
उनको पढाइ सुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए । उनका अनुसार घरमा लामालाई पढ्ने वातावरण छैन । परिवारमा कोहि साक्षर छैनन् । विद्यालयबाहेकको सयममा उनी घरायसी कामकाजमा व्यस्त हुने गरेकी छिन् ।

Loading...