‘समाजले घृणा गर्यो छोरा तिमीले पनि मलाई एक्लै छाडौँ’ -तारा अर्याल

साहित्य
कथाकार

मेरो प्यारो छोरा मुटु भरिको न्यानो माया अबिस्मणिय अनगिन्ती सम्झना का पुस्पा गुच्छाहरु…..
खै कसरी लेखु, खै कसरी बर्णन गरु ……., यो आसु ले भरिएको अतीत आज कता कता तिम्रो यादले छट्पटी लागेर यहि आँसुको छल्को सङ्गै तिमिलाइ दुई शब्द कोर्न मन लाग्यो बाबू दुख न मानेर पढी दिनु है ।
जुन दिन थियो बाबू समाज को तिरस्कार आफन्तको घृण हरेक संघर्षलाई सहेर दिनैभरी साहुको मेला पातो गरेर साँझ उनै साहुले खान खानको लागि दिएको खाजा पटुकीमा बाधी घरमा लिएर तेसैमा छाक टारेर रात बिताउने गथ्र्यौ । छोरा, मेरो बाबू कसरी काहानी सुरु गरौ म कसरी तिमिलाइ यी कुरा सुनाउ ? …….म महिले काहानी सुनाउदा पनि तिमिलाइ पिर पर्छ कि भनेर हजारौं पटक सोचेर अन्तमा तिमीसंग यो काहानी पोख्ने निणय लिएकी छु ।
जुन दिनि तिमी मेरो गर्भमा प्रबेश गरेर हुर्कदै गर्दा सात महिनाको हुँदै थियो तिमिले धर्ती टेक्नको लागि केही महिना मात्रै बाकी थियो तिम्रो बाबाले यो सन्सारलाई छोडेर जानू भयो १ न त मलाइ बाबाहुदा खेरी नै कुनै खुसीका पल थिए । नत बाबाले सन्सार छोडे पछि ….. त्यसपछि झन मेरो दुखको कहानी सुरु हुँदै गए झन बढ्दै गए यसै गरि दिनमा मेलो रातमा रुदै मेरा हरेक दिनचार्य यसरी बित्दै गयो अनि यहि दुखको दिन बिताउदै गर्दा तिमिले पनि धर्तिमा पाइला टेक्यु प्यारो छोरा मेरो बाबू, त्यसपछि म संगै तिमी पनि हेला हुन पुग्यो किन कि मेरो समाज अशिक्षित थियो ।
कस्तो कस्तो न बुझेको समाज थियो । तिमिलाइ देखे कि त बिनाबाउ को छोरो आयो भनेर हेप्ने गर्थे तेसैगरी धेरै समाजमा घृणा र तिरस्कार खेपेर आएकी थिए । तिमी हुर्कदै गयौ अब झन अर्को समस्या थपिन थाल्यो तिमिलाइ स्कुलमा भर्ना गर्नु पर्यो म संग कुनै उपाय थिएन । यसरी सोची रहदा त कति कति बेला हुन्थ्यो म आफू पनि मर्छु तिमिलाइ पनि साथमा लिएर जान्छु भनेर सोच्ने गर्थे र फेरि आफै निणय लिने गर्थे मलाइ हेला गर्ने समाजको अगाडि महिले केही गर्नु पर्छ हिम्मत हार्दैन भनेर यहि भन्दै तिम्रो बाबा न भयसी हेला त गर्थे नै हामिलाइ एक दिन दाजुभाइ स घरपरिवार मिलेर तिमिलाइ र मलाइ घरदेखी निकाल्ने फैसला गरेछन । तिमिलाइ पिठ्युँमा बोकेर हातमा थाङ्ग्रा कपडाको झोली लिएर माइतीघर तर्फ लागे अन्त जानू नै काहा मेरो जानी ठाउँ नै काहा थियो र ? साथ मा दुइ रुपैया थिएन । माइत जादा बुडा हुनु भएका बाबा आमा हुनुन्थ्यो भाइ बुहारी थिए । तर हाम्रो समाज यस्तो थियो कि जाहा बलेको आगोलाइ मात्रै ताप्ने गरिन्छ, म सङ्ग केही थिएन कोहि थिएन दाजुभाइ दिदीबहिनीको नजिक बस्दा पनि उनिहरुलाई लाज लाउन्थ्यो किन कि उनीहरुको जस्तै मेरो शरीरमा कपडा थिएन तेस्तै घाँटी भरी पहेलै सुन थिएन । त्यसैले होला मलाइ आफ्नो सन्तान भन्न लजाउने गर्थे ….एस्तै गर्दागर्दै एक दिन छिमेकीको घरमा गएकी थिए । पल्लारे ठुलाबुआको छोरा लाहुर देखि आउनु भाको रहिछ उहाँ र सानै देखि सङ्गै गाई बाख्रा हेरेर हुर्केका थियौ । उहाँ मेरो दुख देखेर रुनु भयो म पनि खटाउन सकिन सङ्गै रोये अनि नजिकको सहरमा एउटा घरमा काम पाइयेको कुरा चल्यो र तेहा म आफुले काम गर्न निरणय लिये …।
प्यारो छोरा तिमिलाइ पनि तेसै गरि स्कुलमा भर्ना गरे पढाय हुर्काय बढाय राम्रै सङ्ग पर्ढै गयौ कक्षामा पनि फस्ट हुने गर्थेउ तिम्रो योप्रगती देखेर म आफ्नो हरेक कुरा हरु बिर्सने गर्थे एस्तै गर्दै हाम्रो दिनचार्य बितिसकेको थियो । अनि तिम्रो एसएलसी पनि आयो मलाइ पनि खुसि लाउन्थ्यो दातले टोकेर खुवायर हुर्काय अब त मलाइ हात्सरो हुन्छ मेरो छोराले खुसी दिन्छ ,मेरो दुख लाई बिर्साइ दिन्छ भनेर आफुले आफैलाइ एक्लै कैसन गर्ने आफै उत्तर दिने गर्थे तिमिले एसएलस को रिजेल्ट पनि प्रथम श्रेणीमा पास गर्यौ । म असाध्यै खुसी भए । तिम्रो प्रगती देखेर अझै राम्रो विषय पढाउछु भन्ने मेरो आट आयो र तिमिलाइ डक्टर पढाउने चाहना थियो मेरो किन कि जुन दिन हाम्लाइ समाजले हेला गर्थ्यो म बिरामी हुदा ज्वरोको औषधि मलाइ उधारो दिएको थिएन । त्यहि सम्झनाले र मलाइ हेला गरेको कारणले पनि समाजमा दुख पाएका हरुलाई समाज सेवाी बनेर हेर्ने गर्छु छोरालाइ पनि त्यसरी नै सिकाउन्छु भन्नी सोचेकी थिए । त्यपछि यस्तै गरि दिन काटिरहेका थियौ ।
बाबू तिमी एकासी परिवर्तन भयौ मलाइ थाहै थिएन महिले सानै देख्थे तिमिलाइ तर तिमी त बिहे गर्ने निरणय पो गरेका रहिछौ एक्लै आफैले एक जनाछिमेकी दिदिले भनेर थाहा पाएकी तिमी तेहि गाउको केटीसंग हिन्दो रहिछौ मलाइ त्यो दिदिले भन्नूभयो कि तेरो छोरो त पल्लो गाउको तल्लो जातको केटीसंग हिड अब बिहे गर्नी हुन अरे भनेर म एक छिन न बोली सोचिरहे बोली आएन मेरो बाक्य फुटेन…… तिमिलाइ सोज्ने आट आएन । म फेरि उनै पुरानो दिन लाई नियाल्न थाले …….त्यसैगरी होस तनि भन्दै मेरो छोराको खुसी नै मेरो खुसी हो ……।
जातीय कुरा गर्नि समाजलाई केही पाठ सिकाउन पर्छ भन्दै म तिमिलाइ अन्तरजातीय केटीसंगै बिहे गर्दिए ….. केही दिन त मेरो जीवनमा खुसी आयो मैले दुखको दिन भुले सन्सार मै आफू भाग्यमानी ठाने तर त्यो केही दिनको लागिमात्र रहिछ ……। धेरै दिन टिकेन हुन त मेरो भाग्यमा सुख नै काहा लेखेको थियो र बाबु ………। अहिले आएर सुख पाउने ? यसै गर्दा पनि अझै म खुसी हुने कोसिस गर्थे किन कि छोरोको खुसी मेरो खुसी हो भनेर तर……त्यसै गर्दै गर्दा तिमिले मलाइ बृद्धश्रममा लगेर राख्ने निणय गरेछौ ।
मलाइ उहाँ पुर्यायौ अनि आज यसरी तिमिलाइ दुख पोख्न मन लाग्यो बाबू मेरो छोरा तिमिलाइ एति सम्झेकी छु कि न सम्झेको त कुनै पल हुदैन सायद अब अन्तिम सास फेर्छु होला । तिमिलाइ थाहा छ कि छैन पोहोर सालको एसै महिनामा तिमिले मलाइ बृद्धश्रमम छोडेर गएको ठ्याक्कै तेह्र महिना पुगेछ ……। तिमिले लहलहैलहैमा लागेर मलाइ त्याग्यौ ….। मेरो लागि त तिमी भन्दा अमुल्य सम्पती अरु के नै थियो र ? तिम्रो बाबाले छाडेपछी तिमिलाइ नै हेरेर बाचेकी थिय । बाबू यो संसार मा तिमी मात्रै छौ मेरो भन्ने मैले राम्रो लुगार मीठो खान पनि त मागेकी थिइन । तर मलाइ घरबाट निकाल्ने फैसला गर्यौ ? जाहा ल्याएर राखेका छौ त्यही छु तिमिले बुहारीको मन पनि न दुखाउनु है छोरा ……। उनी पनि तिम्रो अभागी आमा