राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा दु:ख ब्यक्त

Highlight मुख्य खबर समाचार

काठमाडौं ४ बैशाख । फ्रान्सको राजधानी पेरिसस्थित विश्व सम्पदा सूचीको महत्त्वपूर्ण सांस्कृतिक स्मारक नोट्रे डेम डी पेरिसमा मंगलबार आगलागी भएर ध्वस्त भएको छ । उक्त विश्व सम्पदा सुचीको महत्वपूर्ण सास्कृतिक संम्पदामा आगलागीबाट भएको क्षतिप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् ।
आफ्ना फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोनलाई मंगलबार एक सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले उक्त स्मारकमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी हुन
साथै उनले फ्रान्सेली जनता तथा सरकारमा सहानुभूति एवं ऐक्यबद्धता प्रकट गरेकी छन् ।