श्रीलंकामा भएको बिस्फोटनमा परी मृत्यु हुनेको संख्या १३८ पुग्यो

अन्तर्राष्ट्रिय मुख्य खबर

कोलम्बो ८ बैशाख । श्रीलंकाका विभिन्न ठाउँमा श्रृखलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ । राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं चर्चमा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा ५०० भन्दा बढी घाइते भएका छन्। हमलापरी ९ जना विदेशीको पनि ज्यान गएको छ ।
पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए । चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ । राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएको बीबीसीले जनाएको छ । पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको एक चर्चमा पनि बिस्फोट भएको छ।
बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भएका थिए ।
श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले उक्त हमलाको निन्दा गर्दै जाँचको लागि सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन् । यस्तो अवस्थामा विभिन्न सञ्चारमाध्यमले फेक समाचार सम्प्रेशण गरिरहेको भन्दै त्यस्ता तर्फ नलाग्न सबैलाई सचेत गराएका छन् ।
प्रधानमन्त्री रानिल विक्रमपसिन्घेले आपतकालिन सुरक्षा बैठक बोलाएका छन् । त्यस्तै उनले मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् ।बिबिसि

AKHABAR ONLINE TV

Loading...