म मान्छे हट होइन तर मिडियाले मलाई हट र सेक्सी बनायो मेघना मगर (भिडियो सहित)

Akhabar Online Tv Highlight मनोरञ्जन मनोरञ्जन अन्तर्वार्ता मनोरञ्जन समाचार

काठमाडौ मोडल मेघना मगर पछिल्लो समय निकै ब्यस्त छन । केही समय अगाडि निकै चर्चामा आएकी मेघना यतिबेला गुम्नामा छन । तर मेघना हराइएकी भने होइन उनले एउटा प्रोजेक्ट गर्दैछन । अब छिट्टै उनी नायिकाको रुपमा देखा पर्नेछन ।

बेलाबेलामा भाइरल बनिरहने नाम हो मेधना मगर । केही समय अगाडि हट एण्ड सेक्सी फोटो सुट गरेर चर्चामा आएकी मेघनाले फेरी पनि चर्चामा आएकी छन । उनले आफुल हट एण्ड सेक्सी नभएपनि केही मिडियाहरुले आफुलाई हट एण्ड सेक्सी बनाएको अन्तरवार्तामा बताएकी छन । मोडलिङ र नृत्यमा आफ्नो पौरखले दर्शकको मन जित्न सफल भएकी मगर समुदायमा जन्मेहुर्केकी मेघना मगरले बेलाबेला अति नै हट फोटो सुट दिएर चर्चामा आउने गरेकी छन ।
वेल डान्स एकेडेमी स्थापना गरेर नृत्यको विकासमा जुटेकी कलाकार हुन् मेघना । उनको मोडलिङ र कोरियोग्राफी रहेका भिडियोहरू बजारमा धेरै नै आइसकेका छन् । डान्समा आफूलाई सानैदेखि लगाव रहेकोले घरपरिवारको सहयोग नभएरै पनि उनी यो क्षेत्रमा जम्दै गरेकी छन् । हालसम्म ३ दर्जन भन्दा बढी भिडियो खेलिसकेकी मेघनाले कोरियोग्राफी मात्र हैन मोडलिङमा समेत दख्खल राख्छिन् । उनले धेरै भिडियोहरूमा मोडलिङ गरिसकेकी छन् भने उनका आइटम डान्स र आधुनिक भिडियोहरू धेरै छन् । आइटम डान्समा अति नै बोल्ड अवतार दिन उनी पोख्त छिन् । त्यसेगरी अब छिट्टै उनी ठुलो पर्दाको चलचित्रमा देखा पर्ने भएकी छन ।