मुवाथाईमा विश्व बिजेता पलिस्था कक्षपती सम्मानित

खेलकुद मुख्य खबर

काठमाडौ १३ बैशाख । थाइल्यान्डमा सम्पन्न १६ औँ विश्व मुवाथाई च्याम्पियनसिपमा ३० केजी तौलमा तौल समुहमा स्वर्ण पदक प्राप्त गरेकी पलिस्था कक्षपतिलाई सम्मान गरिएको छ । काठमाडौको दक्षिणकाली नगरपालिका वडा न १ को वडा कार्यालयमा शुक्रबार एक कार्यक्रम आयोजना गरि कक्षपतिलाई सम्मान गरेको हो ।

कक्षपतिलाई वडा अध्यक्ष जय थापामगररले नगद रु दस हजार सहित सम्मान पत्र द्वारा सम्मान गरेका हुन । पलिस्थाले सन २०१९ मार्च १२ देखि २२ सम्म थाइल्यान्डमा सम्पन्न १६ औ विश्व मुवाथाई च्याम्पियनसिपमा नेपालको तर्फबाट ३० केजि तौल समुहमा स्वर्ण पदक प्राप्त गरेकी थिइन । रास्ट्रको गौरव बढाउन योगदानपुर्याएकोले उक्त कार्यको उच्च कदर गर्दै सम्मान गरिएको नेपाल रास्ट्रिय मुवाथाइ संघ का अध्यक्ष गणेशलाल कक्षपतिले बताए ।

AKHABAR ONLINE TV