ट्रम्पलाई लक्षित गरी मोबाइल प्रहार, ट्रम्पले कमल फाले

Highlight अन्तर्राष्ट्रिय

काठमाडौ १५ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गरेर मोबाइल प्रहार गरिएको छ। ट्रम्पले खुला रूपमा बन्दुकको व्यापार र प्रयोग गर्न पाउनुपर्ने पक्ष राख्नेहरूको र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि मोबाइल फोन प्रहार भएको हो।
ट्रम्प सम्बोधन गर्न मञ्चमा प्रवेश गर्ने क्रममा मोबाइल सेटले उनलाई लक्षित गरेर प्रहार गरिएको हो। उनी इन्डियाना राज्यमा नेसनल राइफल एसोसिएसनको सभालाई सम्बोधन गर्न लागेका बेला यस्तो भएको हो।
ट्रम्पले आफूलाई लक्षित गरेर प्रहार भएको देखेका थिए। ट्रम्पलाई लक्षित गरेर मोबाइल प्रहार गर्ने व्यक्तिलाई तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिएको द सनले लेखेको छ। उक्त प्रहारको लक्ष्य जे जस्तो भए पनि गलत भएको र प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको सनले लेखेको छ।
कार्यक्रमलाई सम्बोधन गरेपछि ट्रम्पले दर्शक तथा स्रोताहरूतिर कलम फ्याँकेका थिए। उनले मोबाइल प्रहारको जवाफ कलम फालेर दिएको विश्लेषण गरिएको छ।

Loading...