एनसेल विरुद्ध नायिका रेखा थापा, कर असुलीका लागि दबाब दिन युवालाई आह्वान

Highlight मुख्य खबर समाचार

काठमाडौं १५ बैशाख । अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बौंको पूँजीगत लाभकर असुली गर्नका लागि युवाहरुलाई दवाव दिन आह्वान गरेकी छन्। अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको उल्लेख गर्दै त्यसको विरुद्ध युवा अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पारिन्।
आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एनसेलले करिव ४० अर्ब पूँजीगत लाभकर बुझाउन बाँकी रहेको उल्लेख गर्दै त्यसको कार्यालयमा ताला लगाउन पनि सरकारलाई आग्रह गरिन्। एनसेलले पूँजीगत लाभकर असुली नगरेसम्म त्यसविरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने अभिनेत्री थापाको भनाई छ।