थाहै नपाइ २३ अर्ब ७५ करोड रुपैयाँ विदेशबाट सन्तोष नेपालको आफ्नो खातामा आएपछि …..

Highlight अर्थ अर्थतन्रा

काठमाडौं १८ बैशाख । तपाइको बैँक खातामा एक्कासी तपाइले नसोचेको पैसा जम्मा भयो भने के गर्नुहुन्छ ? खुसी हुनुहुन्छ ? हतार हतार निकाले विजनेश गर्नुहुन्छ । या बैकमा जानकारी गराउनुहुन्छ । नविल ।
ईसिमोडका जल तथा हावापानी बिज्ञ डा। सन्तोष नेपालको काठमाडौंस्थित नविल बैंकमा रहेको खातामा त्यस्तै भएको छ । एकाएक उनको खातामा २३ अर्ब ७५ करोड भन्दा बढी पैसा जम्मा भएको छ । तपाईको खातामा कहिबाट एकाएक अर्बौ रुपैयाँ आयो भने के गर्नुहुन्छ ? आफ्नो खातामा विदेशबाट एकाएक २३ अर्ब ७५ करोड ९६ लाख ३३ हजार ७ सय ७६ रुपैयाँ जम्मा भएपछि उनी चकित परे ।
त्यसपछि उनी एकाएक नेपालका अर्बपति बन्न पुगे । त्यसपछि उनले सम्बन्धित बैंकमा सम्पर्क गरे । बैंकबाट आएको जवाफ सुनेर उनी झन अचम्ममा परे । उक्त रकम मेरो होईन पैसा फिर्ता लैजाउँ भन्दा डा। नेपाललाई बैंकले विदेशबाट तपाईको खातामा आएको पैसा तपाईकै हो भन्ने जवाफ दियो । तारन्तारको अनुरोधपछि उक्त रकम खाताबाट हटाएर अन्तै राखिएको हो ।