मुख्य समाचारको माथि

गायिका सरस्वती लामाविरुद्ध एक करोड ६ लाख ठगीको मुद्धा

Highlight मनोरञ्जन समाचार मुख्य खबर

काठमाडौ १८ बैशाख । आफुलाई रक गायिकाका रुपमा चिनाउदै आएकी  गायिका सरस्वती लामा (भुजेल ख) विरुद्ध महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी परेको छ । उजुरी परेसंगैे गायिका लामा  (भुजेल) श्रीमान चलचित्र निर्माता पिटर खालिङलाई प्रहरीले गिरफतार गरेको छ भने गायिका लामालाई सोधपुछ पछि छाडिदिएको जानकारी प्राप्त भएको छ ।
प्राप्त जानकारी अनुसार गायिका लामा (भुजेल) ले धनमाल सहित एक करोड ६ लाखभन्दा बढी ठगी गरेको भन्दै डिबी लामाले महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी हालेका थिए । सरस्वतीलाई उजुरी गर्ने डिवि लामा सरस्वतीका श्रीमान हुन । श्रीमान विदेशमा भएको अवस्थामा गायिका सरस्वतीले चलचित्र निर्माता पिटरसंगै बस्दै आएकी थिइन । डिवि लामा विदेशमा बसेर पठाएको पैसा धनमाल सहित एक करोड ६ लाख भन्दा बढी बेपत्ता बनाइ पिटरसंग विवाह गरेर बसेकी गायिका सरस्वतीले उल्टै डिविलाई पटक पटक धम्की दिने गरेको बताइएको छ । यसरी आफनै श्रीमतीलाई सरस्वतीले विवाह गरेर अर्कैसंग गए भन्दै धम्की दिएपछि नेपाल आएका डिविले पिटर खालिङ र सरस्वती विरुद्ध उजुरी हालेका थिए ।

यो पनि पढनुहोस : कुवेतमा मलेसियामा नेपाली महिलाले आफै प्रेमीलाई छुरा हानी हत्या, एक बालक सहित २१ जना पक्राउ

गायिका सरस्वतीले निर्माता पिटरसंग विवाह गरेर डिवि लामाको  बर्षौ देखि विदेशमा बसेर कमाएको धनसम्पति सहित पैसा हिनामिना गरेपछि निर्माता पिटर खालिङलाई प्रहरीले नियन्त्रणमा लिएसंगै गायिका सरस्वतीलाई प्रहरीमा उपस्थित हुन भनिएको थियो । मंगलबार साँझ पाँच बजेतिर महानगरीय प्रहरी बृत्त बौद्धमा उपस्थित भएकी सरस्वतीसंग कुरा नमिलेको र सोधपुछ पछि बिहिबार चौकीमा हाजिर हुने सर्तमा सरस्वतीलाई छोडिएको प्रहरीले जनाएको छ ।

फेसबुक स्टाटसमा नै यसरी बुढाबसढी भनेर कसम खाएका थिए पिटर र सरस्वतीले

डिबी लामासंग गायिका सरस्वती लामाको विवाह गरी विदेश रहदा गायिका सरस्वतीले खुल्ला रुपमा पिटरसग विवाह गरेको समाजिक संञ्जालमा उल्लेख गरेकी थिइन । गायिका सरस्वती र पिटरका हरेर स्टाटसहरुमा बुढाबुढी भएर बसेको उल्लेख गरेका थिए । विदेशमा रहेका सरस्वतीका श्रीमान यो कुरा थाहा पाएपछि पटकपटक सम्झाउदा पनि सरस्वतीले ‘मेरो पिछा नगर मैले बिहे गरेर गइसके मलाई ल्याङल्याङ नगर आफनो बाटो लाग मेरो परिवारलाई धेरै किच कुच गरेर नहिड भनेर धम्की समेत दिएकी थिइन ।
दुइ छोरीका पिता रहेका पिटरले आफनी श्रीमतीलाई डिभोर्स गरेर सरस्वती लामासंग विवाह गरेको समेत जानकारी प्राप्त भएको छ । पिटरले आफनी श्रीमती र पैसा समेत बेपत्ता बनाएको भन्दै डिबीले पिटरलाई सम्झाउन खोज्दा पिटरले उल्टै डिबीलाई धम्काउने गरेका थिए । सक्छस भनेर नेपाल आएर देखा भन्ने शब्दका धम्की दिने गरेर डिबी लामाले बताए । श्रीमान विदेशमा रहदा रहदै पर पुरुषलाई श्रीमान बनाएर बसेकी गायिका सरस्वती विरुद्ध ठगी मुद्धा र बहुविवाहको मुद्धा दर्ता गर्न तयारीमा रहेको डिविले बताएका छन ।

फेसबुक स्टाटसमा नै पिटरलाई बुढा भन्दै स्टाटस हालेकी थिइन ।

श्रीमान विदेशमा रहदै परपुरुष पिटरसंग लवमा परेको र प्रोफाइल पिक्चर नै चेन्ज
डिबीलाइृ उल्टै सरस्वतीद्धारा पठाइएको एसएमएस

 

NEWS DOWN