मर्निङ स्टार सहकारीको अध्यक्षमा टिका ढकाल चयन, एक बर्षभित्र सहकारीको अफनै भवन बनाउने प्रतिबद्धता

अर्थ अर्थतन्रा बैंक तथा सहाकरी

काठमाडौ २८ बैशाख । मर्निङ स्टार बचत तथा ऋण सहकारीले शनिबार प्रथम विशेष साधारण सभा सम्पन्न गरेको छ । विशेष साधरण सभाले टिका ढकाललाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ । केही महिना अगाडिमात्र संस्थाले नवौ बाािर्षक साधरण सभा सम्पन्न गरेको संस्थाले कारोबारको दायरा फराकिलो बनाउने लक्ष्य सहित अध्यक्षमा ढकाललार्इै चयन गरेको हो ।
गोकर्णेश्वर नगरपालिका वडा न ८ मा कार्यालय स्थापना गरी आर्थिक कारोबार सञ्चालन गर्दै आएको मर्निङ स्टार बचत तथा ऋण सहकारी संस्थाको विशेष साधरण सभालाई वडा न ८ का वडाध्यक्ष मनोज कुमार ढुंगानाको उपस्थिती रहेको थियो । साधारण सभालाई सम्बोधन गर्दै वडाध्यक्ष ढुंगानाले अधिकांस सहकारीहरु पैसासंग पैसा साटने काम गरिरहेको उल्लेख गर्दै यस संस्थाले पैसासंग पैसा साटने भन्दा पनि नमुना सहकारी बनाउनु पर्ने बताए । ढुंगानाले गोकर्णेश्वर नगरपालिकामा २०८ वटा सहकारी संस्था र्भपनि ३२ वटा सहकारी संस्था क्रियाशील रहेको बताउदै जोखिम ऋणको सबै सहकारीबीच सहकार्य गरी छलफलबाट अगाडि बढेमा सहकारीलाई फाइदा हुने बताए ।

साधरण सभाबाट अध्यक्षमा चयन भएसंगै नव निर्वाचित अध्यक्ष टिका ढकालले संस्थाको पुजी बृद्धि गरी आर्थिक कारोबारको दायरा फराकिलो बनाउने प्रतिबद्धता जनाएका छन । ढकालले एकबर्ष भित्र एक करोड सेयर पुजी पुराउने एक बर्षभित्र पाँच करोडको कारोबार गर्ने प्रतिबद्धता जनाएका छन । ऋणका लागि अन्य सहकारी धाउन्ु पर्ने अवस्था आउन नदिने बताउदै ढकालले भने ‘अव यस सहकारी संस्थामा बचत कर्ताले आफुलाई चाहेको बेला ऋण लिन अन्य सहकारीमा धाउनु पर्दैन यसै सहकारीबाट उनीलाई ऋण प्रवाह गर्ने छौ । अन्य सहकारीमा धाउनु पर्ने अवस्थाबाट मुक्त गारउने छौ ।’ आफु संस्थाको अध्यक्ष भएसंगै थप जिम्मेवारी आएको बताउदै ढकालले भने ‘यस संस्थालाई गोकर्णेश्वर नगरपालिकामा रहेका सहकारी मध्ये उत्कृष्ट १० मा पुराउने छु ।’ त्यसैगरी संस्थामा काम गर्ने कर्मचारीको स्तर उन्नतीका लागि पहल गर्ने एक बर्ष भित्रमा संस्थाको आफनै घर निर्माण गर्ने तथा सेयर सदस्यको हितमा काम गर्ने जस्ता प्रतिवद्धताहरु जनाएका छन ।
यस अघि सञ्चालक समतिको अध्यक्षमा उत्तम घिमिरे रहेका थिए । संस्थालाई बृहत बनाउनको लागि टिका ढकाललाई अध्यक्ष चयन गरिएको निवर्तमान अध्यक्ष उत्तम घिमिरेले बताए । घिमिरेका अनुसार संस्थामा सबैको सहकार्यमा संस्थालाई अगाडि बढाई कारोबारको दायरा बढाउनु पर्ने बताए । संस्थाले उद्योग तथा ब्यापारको क्षेत्रमा लगानी गरी पुजी बृद्धि गरी सेयर धनीको सेयरलाई सुरक्षित गरी संस्थालाई मुनाफा तिर लैजानेमा आफु विश्वस्त रहेको बताए । त्यसैगरी लेखा समितिका सदस्य गोकुल रोक्काले संस्थालाई बृहत रुपमा अगाडि बढाउने लक्ष्य सहित सञ्चालक समितिको अध्यक्ष टिका ढकाललाई चयन गरिएको बताए । ढकालको आगमनसंगै सहकारी मुनाफामा जाने रोक्काको विश्वास रहेको छ । सञ्चालक समितिको अध्यक्षमा ढकालको आगमनसंगै सेयर सदस्यहरुले खुसी ब्यक्त गरेका छन ।