मुख्य समाचारको माथि

प्रहरीको नियन्त्रणमा रहेका ङाठिले शेर्पाको टाउकोमा गम्भिर चोट, जीवन मरणको दोसाँधमा टिचिङ अस्पतालमा

मुख्य खबर समाचार

काठमाडौ २८ बैशाख । प्रहरीको नियन्त्रणमा रहेका ब्यक्ति भीरबाट लडेर घाइते होलान भन्दा अचम्म लाग्न सक्छ । तर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा यस्तै भयो । भोटेकोशी गाउँपालिका ४ का ङाठिले शेर्पालाई प्रहरी पक्राउ गरेर चौकी ल्याउदै गर्दा भीरबाट लडेर टाउकोमा गम्भिर चोट लागेपछि यतिबेला काठमाडौ टिचिङ हस्पिटलमा उपचार गराइरहेका छन । विगत ६ दिनदेखि टिचिङमा उपचार गराइरहेका छन ।३६ बर्षीय ङाठिले शेर्पा र सोही गाउकी ४० बर्षीय सुनिता श्रेष्ठबीच प्रेम बसेको थियो । सुनिताले पहिले श्रीमानसंग डिभोर्स गरेर माइतीमा नै बस्दै आएकी र ङाठिले शेर्पासंग प्रेम बसेपछि दुवै जना भागेका थिए । गत बैशाख २२ गते ङाठिलेले सुनिता भगाए । सुनितालाई भएपछि सुनिताका दाजु रामकाजी श्रेष्ठले प्रहरी चौकी नारायणथानमा किटानी जाहेरी दिएका थिए ।

प्रहरी चौकी नारायणथानका असई प्रकाश यादवको टोली ङाठिले शेर्पाको घर तर्फ लाग्यो । प्रहरीले ङाठिले शेर्पाका दाजुलाई गालि गलौज गर्नुका साथै दाजुको मोवाइल समेत नियन्त्रणमा लियो । दाजुले भाइ बोक्चेनमा रहेको दिदी भेनाको घरमा भएको खबर बताएपछि नारायणस्थान प्रहरीले नामथङ प्रहरी चौकीलाई यसबारे जानकारी गरायो । नामथङको प्रहरीको टोली वडा नं। ३ को बोक्चेन भन्ने ठाउँमा परिचालन भयो । प्रहरीले ङाठिलेलाई भगाएको भनिएकी सुनिता श्रेष्ठ सहित दिदीकै घरमा भेट्टायो र दुवै जनालाई नियन्त्रणमा लियो । प्रहरीका अनुसार त्यसपछि दुवै जनालाई तातोपानी सीमा प्रहरीलाई जिम्मा लगायो । ङाठिलेका दिदी सोना शेर्पा र भिनाजु पेमा शेर्पा पनि प्रहरी सँगै गएका थिए तर उनीहरुलाई जानुपर्दैन भन्दै प्रहरीले फर्काएपनि करिब ५०९६० मिटरको फरकमा प्रहरीकै पिछा गर्दै गए ।तातोपानी प्रहरीलाई जिम्मा लगाएको करिब १५र२० मिनेटपछि नै मान्छे भाग्यो भन्ने खबर ङाठिलेका दिदी र भिनाजुको कानमा प¥यो । त्यसपछि हतारिदै घटनास्थल पुग्दा भाइको टाउँकोमा गम्भीर चोट लागेको देखेको ङाठिलेकी दिदी सोना शेर्पाले बताइन ।त्यसपछि गाउँले र प्रहरीको सहयोगमा स्वास्थ्य चौकीमा लगेर सामान्य उपचार गरेपछि उनलाई काठमाडौ ल्याइएको छ ।

काठमाडौको शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएका शेर्पाको टाउकोमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ । उनको टाउकोमा रगत  जमेको कारण अहिले भेन्टिलेटरमा राखिएको छ ।ङाठिले शेर्पाको परिवारले प्रहरी र केटीपक्षको मिलेमतोमा लडाईएको आरोप लगाएको छ । तर प्रहरी पक्षले भने छारे रोगका कारण आफै लडेको र चोट लागेको जनाएको छ । ङाठिले शेर्पाले भगाएकी सुनिता श्रेष्ठ र उनकी छोरीलाई भने सामान्य सोधपुछ पछि आफन्तको जिम्मा लगाइएको छ । अगाडि पछाडि प्रहरीको सुरक्षामा लगिएका ङाठिले कसरी लडे भन्ने विषय यतिबेला संकाको घेरामा छ । यस विषयमा हामीले सिमा प्रहरी चौकीका  प्रहरी इनिस्पेक्टर हिरासिंह महरसंग जानकारी लिदा ङाठिले शेर्पा छारेरोगी भएको र छारेरोगकै कारण लडेर चोट लागेको बताएका छन । विरामीका आफन्तले भने ङाठिलेलाई छारेरोग नभएको बताएका छन । प्रहरीको कुरा र विरामीका आफन्तको कुरा नमिले पछि यतिबेला ङाठिले शेर्पाको टाउकोमा चोट लाग्नुले घटनामा सलग्न प्रहरीमाथि प्रश्न उठेको छ ।

घटनमा संलग्न नारायणथान प्रहरी चौकीका असई प्रकाश यादवलाई यस विषयमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । उनले मोवाइल स्वीच गरेका थिए ।ङाठिलेका आफन्तले घटनाको बिषयमा छानबिन गर्न गाउँपालिकाको कार्यालय भोटेकोशीमा निवेदन दिएपनि गाउँपालिकाले बोलाएको समयमा सबै पक्ष उपस्थित नभएपछि जिल्ला प्रशासन कार्यालय चौतारालाई छानबिन गरिदिन आग्रह गरेको छ । गाउँपालिकाले आवश्यक छलफलका लागि २६ गते बोलाउँदा उजुरीकर्ता मात्र उपस्थित भएको र २७ गते उजुरीकर्ता र घटना सँग सम्बन्धित सुनिता श्रेष्ठ सहितका केही व्यक्ति उपस्थित भएपनि प्रहरी चौकी बाट कोही पनि उपस्थित नभएको गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई लेखेको पत्रमा उल्लेख छ ।

NEWS DOWN