कर्मचारीलाई खुसीको खबर २५ प्रतिशत तलब बृद्धि

अर्थ अर्थतन्रा

काठमाडौं २९ बैशाख ।। नयाँ आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउने तयारी गरिएको छ । आगामी आर्थिक वर्ष २०७६र७७ का लागि सरकारले ल्याउन लागेको नयाँ बजेटमा कर्मचारीको तलब बढाउने तयारी भएको हो ।

निजामती कर्मचारीले हाल खाइपाइ आएको मासिक तलबमा १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी थालिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । त्यसका लागि मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोकन समितिले सिफारिस गर्ने भएको छ ।
महँगीअनुसार कर्मचारीको तलब बढाउनुपर्ने कानुनी व्यवस्था छ । तर तीन वर्षदेखि सरकारले कर्मचारीको तलब बढाउन सकेको छैन् । यस्तै यसपटक वृद्धभत्ता पनि १ हजार बढाउने तयारी गरिएको छ । संवैधानिक व्यवस्थाअनुसार आउने जेठ १५ गते संघीय सरकारले बजेट सार्वजनिक गर्दैछ।

Loading...