पत्याउनै नसकिने घटना : जब लास जलाएर घर फर्किएका मलामीलाई मृतकले फोन गरेर यसो भने , हेर्नुहोस्

Highlight रोचक खबर

काठमाडौ । भर्खरै शव जलाएर मलामी घर फर्किएका थिए । जवान छोराको मृत्यु भएपछि बुवा आमा तथा परिवारजन मर्माहत तथा शोकाकूल अवस्थामा थिए । अब मरेको मानिस फर्किने भन्ने कुरा थिएन र केवल शोक गरेर आँशु चुहाउनुको विकल्प थिएन । तर एक्कासी घटनाले अविश्वसनीय मोड लियो जब मरेर लास समेत जलाइसकिएको छोराले फोन गरे र आफु सकुशल रहेको बताए ।
भारतको केरालास्थित पुतिंगल मन्दिरमा भएको हालैको आगलागीपछिको घटना हो यो । प्रमोद नामका ती युवकको आगलागीमा परी मृत्यु भएको र उनको शव अस्पताालमा राखिएको खबर आएपछि प्रमोदका परिवारजन तथा आफन्तहरु अस्पताल पुगे । सनाखत गरी उक्त शव बुझेर ल्याए र घाटमा लगेर अन्तिम संस्कार पनि गरे ।
परिवारमा ठूलो शोक छाइरहेको थियो । तर जब लासको सतगत गरेर परिवाजन तथा मलामीहरु घर फर्किए तब मरे भनेर लास जलाइसकिएका ती युवक फोन आयो ।प्रमोदले एक्कासी फोन गरेर आफु सकुशल रहेको बताएपछि केहीछिन अघि सम्म शोकाकुल रहेको त्यहाँको वातावरण एक्कासी उल्लासमय बन्यो ।
यसपछि बल्ला खुलासा भयोकी प्रमोद ज्यूँदै थिए र जसलाई प्रमोदको लास भनेर सतगत गरियो त्यो अरु कुनै युवकको थियो ।आगलागीको घटनामा घाइते भएर प्रमोद बेहोस बनेका रहेछन् । जब उनको होस आयो, उनले घरमा फोन ठोकिहाले । त्यति बेलासम्म परिवारले प्रमोदको मृत्यु भएको खबर पाएर, एउटा लास समेत बुझेर अन्तिम संस्करा समेत गरिसकेका थिए ।
१ सय ११ जनाको ज्यान जानेगरी मन्दिरमा भएको आगलागीमा प्रमोदको सरीरमा पनि विभिन्न ठाउँमा पोलेर घाउ बनेका छन् । अहिले उनीी उपचाररत छन् । (पाँचखाल अनलाइन बाट साभार