ऐश्वर्यालाई मात ख्वाउने यी इरानी मोडल ऐश्वर्याभन्दा पनि ‘हट’ छिन् (फोटोफिचर)

मनोरञ्जन समाचार

एजेन्सी– इरानी मोडल महलाघा जबेरीको तस्वीर केही समययता सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । केहीले उनलाई एमी ज्याक्सनसँग तुलना गर्ने गर्छन् । झट्ट हेर्दा यी मोडल बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनजस्ती देखिन्छिन् ।
ऐश्वर्या रायको सुन्दरताको चर्चा पूरै विश्वमा हुने गर्छ । हालै इरानी मोडल महलाघाका तस्वीरको पनि अहिले उस्तै चर्चा भइरहेको छ । उनको सुन्दरता ऐश्वर्या रायसँग मिल्दो छ । इरानी यी मोडल अमेरिकामा बस्ने गर्छिन् ।
यसै पनि इरानी महिला निकै सुन्दर हुन्छन् भनेर भन्ने गरिन्छ । फ्यानले महलाघालाई देखेर यो कुराको अड्कल काट्न थालेका छन् । उनले सामाजिक सञ्जालमा कैयन् हट तस्वीर शेयर गर्ने गर्छिन् ।
उनी सन् २००९ देखि चर्चामा छिन् । उनले ट्वीटरमा इरानको राजनीतिक विश्लेषण गर्दै एक ट्वीट लेखिन् । उक्त ट्वीटले नै उनलाई हिट बनाइदियो ।
हेरौँ उनका अन्य केही हट तस्वीरःभन्दा पनि ‘हट’ छिन् यी इरानी मोडल (फोटोफिचर)