उद्योग वाणिज्य मन्त्रालयलाई ८ अर्ब १० करोडको सिलिङ, बजार अनुगमन कडा पारिने

अर्थ अर्थतन्रा

काठमाडौं ३१ बैशाख । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई अर्थ मन्त्रालयले ८ अर्ब १० करोडको सिलिङ तोकेको छ। अगामी आर्थिक वर्ष ०७६्७७ को बजेटमा उद्योग मन्त्रालयलाई अर्थले ८ अर्बको बजेट सिलिङ दिएको हो।
सरकारको निति तथा कार्यक्रम अनुसार कार्ययोजना अर्थ मन्त्रालयमा पेस गरिसकेको मन्त्रालयका सूचना अधिकारी उर्मिला केसीले जानकारी दिइन्।
मन्त्रालयले कर्मचारी तलब भत्तासहित २२ शिर्षकमा बजेटलाई बिभाजन गरेको छ। नीति तथा कार्यक्रममा उद्योग सम्बन्धि प्रस्तुत भएको विषयलाई समेटेर कार्ययोजना बनाइएको छ।
मन्त्रालयले सिलिङलाई चालू खर्च र पूँजीगत खर्चमा बजेट बिनियोजन गरेको छ। सरकारको नीति तथा कार्यक्रममा आपुर्ति व्यवस्थालाई सरल र सुलभ बनाउने, स्वास्थ्य समाज, स्वास्थ्य नागरिक र स्वास्थ्य जीवनको लागि अनुगमन प्रभावकारी बनाउने उल्लेख छ।
प्रस्तावित बजेटमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउने गरी कार्ययोजना बनाएको मन्त्रालयले जनाएको छ।