अर्जुन र सपना ‘मलाई सम्झे पुग्छ है’ भिडियो हेर्नुहोस

मनोरञ्जन मनोरञ्जन समाचार

काठमाडौ ३१ बैशाख । विभिन्न चलचित्रबाट आफनो छुट्टै पहिचान बनाउन सफल अभिनेता अर्जुन खड्काको अभिनय रहेको नया गीतको भिडियो सार्वजनिक भएको छ । बिजय वाईबाको शब्द संगीत तथा सबिना बनियाको स्वरमा सजिएको आधुनिक गीत मलाई सम्झे पुग्छ है गीतको भिडियो मा अर्जुन खडकालाई फिचरिङ गरिएको छ । पछिल्लो समय एक पछि अर्को गर्दै प्राय हप्तै पिच्छे अर्जुनका गीतहरु सार्वजनिक भइरहेका छन । जसका कारण अभिनेता अर्जुन निकै ब्यस्त देखिन्छन ।
गीतको भिडियोमा अर्जुनको साथमा सपना बोहोर, प्रेम यात्री , कुमारी लामाको साथमा अर्जुनलाई देखाइएको छ ।
गीतमा माया जालमा परेपछि बाआमाको कुरा सनिदैन । बाआमाले दाजुहरुले राम्रो बाटो देखाएपनि त्यो बाटोमा नलागी अन्धो प्रेममा पर्दा पछुताएको कहानी समेटन खोजिएको छ । भिडियो सुरु देखि अन्तिम सम्म हेर्दा प्रेमीकाले प्रेमीलाई भेटन नपाएको गुनासो पोखेकी छन । प्रेमीकाका घरपरिवारले प्रेमीबाट टाढा बनाएको दृश्य भिडियोमा कैद गरिएको छ । गीतको भिडियोमा सुपर हिट नेपाली चल्चित्रहरुमा सहनिर्देशन गरी सकेका सागर बोहोराले आकर्षक तरिकाबाट निर्देशन गरेका हुन । निर्देशक सागरले आफनो कलात्मक दृश्यहरु देखाउन खोजेका छन ।