फोटोमा हेर्नुहोस् साउथ फिल्मकी सुपरहिट नायिका काजल अग्रवाल

मनोरञ्जन मनोरञ्जन समाचार

काठमाडौ ३१ बैशाख । काजल अग्रवाललाई मन नपराउने दर्शक साहेद कमै होलान । दक्षिण भारतीय अर्थात (साउथ इण्डियन) चलचित्र हेर्ने गर्नु भएको छ भने कागजल अग्रवाल नाम निकै चर्चामा छ । काजल अग्रवाल सु(परिचित नाम हो । उमेरले ३० कटिसक्दा पनि आफ्नो लोभलाग्दो अभिनय र सुन्दरताका कारण उनले अझै सबै दर्शकको मन मुटुमा राज गर्न सफल छिन् ।

उनले प्रायजसो तेल्गु चलचित्रमा अभिनय गरेकी छिन् भने तमिल र हिन्दी चलचित्र क्षेत्रमा पनि उनको योगदान अतुलनीय रहेको छ । सन् २००४ मा आएको बलिउड चलचित्र ‘क्युं हो गया ना’ बाट उनले आफ्नो अभिनय यात्राको सुरूवात गरेकी थिइन् ।उनका हिन्दी चलचित्रमा ‘सिंघम’, ‘स्पेशल २६’, ‘दो लफ्जो की कहानी’ सुपरहिट छन् । त्यस्तै उनले अभिनय गरेका दक्षिण भारतीय चलचित्र ‘मगधिरा’, ‘थुप्पाकी’, ‘चन्दा मामा’ चर्चित छन् ।

हेर्नुहोस् उनै सुपरहिट नायिका काजल अग्रवालको फोटो फिचरः