श्रीमानलाई खुशी बनाउन के गर्ने के नगर्ने ? जान्नुहोस यी टिप्स पढेर असल घर बनाउनुहोस

रोचक खबर

प्रेम जति नै गहिरो किन नहोस् कुनै पनि जोडी हरबखत प्रेममा डुबेर बस्दैनन् । उनीहरुलाई आफ्नो जिम्मवारी पनि निभाउनु पर्ने हुन्छ । आफ्नो काम पनि गर्नुपर्ने हुन्छ । जिन्दगीको उतारचढाव सहनुपर्छ । यस्तो परिस्थितिमा श्रीमान–श्रीमती सँगै भएर पनि प्रेम महसुस गर्दैनन् । सँगै भएर पनि टाढा हुन्छन् ।
यदि आफ्नो सम्बन्धमा खुशी हुन चाहनुहुन्छ भने केहि साधारण कुरामा पनि आफ्नो बैवाहिक सम्बन्धको खुशी र प्रेमले भरिपुर्ण बनाएर राख्न सक्नुहुन्छ । बैवाहिक सम्बन्धलाई स्वस्थ, खुशि र सुखी बनाउन धेरै प्रयत्न पनि गर्नु पर्दैन । बस स–सानो कुरामा ध्यान दिए पुग्छ । थोरै कोसिस गरेमा तपाईको बैवाहिक सम्बन्ध सुमधुर रहन्छ ।
१। श्रीमानलाई माया गरेर बोलाउने ।
२।श्रीमानको घरको नराम्रो कुरा नगर्ने ।
३।अन्य पुरुषसँग तुलना नगर्ने ।
४।श्रीमानको प्रशंसा गर्न नबिर्सने ।
५।बाहिर जाँदा कँहा जान लागेको भनेर जानकारी दिने ।
६।आफु जति नै व्यस्त भए पनि फोन गर्न नर्बिसने ।
७। मिठो खाना पकाउने कोशिस गर्ने र प्रशंसा गर्न नबिर्सने ।
८।बिगतको कुरा पटक पटक दोहो¥याएर तनाव नदिने ।
९। हरेक काम गर्दा एक अर्कामा सल्लाह गरेर मात्र निर्णय लिने ।
१०।श्रीमानलाई सम्मान गर्ने ।
११।सबैकुरा श्रीमानलाई सुनाउने कुनै कुरा नढाट्ने ।
१२।बिहान बेलुका समय निस्कने वित्तिकै सुख दुःखको कुरा गर्ने ।
१३।सत्य बोल्ने, नर्झकने ।
१४। समय मिलाएर घुम्न जाने ।
१५।अफिसबाट आउने वित्तिकै काम अ¥हाउने र कराउने नगर्ने ।
१६। श्रीमानकोे साथीहरुको सम्मान गर्ने । परिवार साथीहरुमाझ श्रीमानको प्रशंसा गर्ने । नराम्रो कुुरा नगर्ने ।
१७। कहिलेकाही श्रीमानलाई सरप्राइज दिने ।
१८।कतै हिड्ने बेलामा श्रीमानको पहिरनको बारेमा टिकाटिप्पणी नगर्ने ।