युवतीहरु किन आफूभन्दा बढी उमेरका पुरुषको प्रेममा पर्छन् ? यस्ता छन् कारणहरुः

यौन / स्वास्थ्य

अक्सर श्रीमतिभन्दा श्रीमान्को उमेर बढी हुने गर्छ । बलिउडमै हेर्ने हो भने, अधिकांश अभिनेत्रीका श्रीमान् उनीहरु भन्दा निकै पाको छन् । कतिपय त दोब्बर उमेरका पनि । भनिन्छ, युवतीहरु विन्दास एवं कम उमेरका केटासँग डेट गर्छन् । तर, विवाहका लागि भने आफुभन्दा बढी उमेरकै पुरुष खोज्छन् । यसमा उनीहरुको सामाजिक, आर्थिक सुरक्षा पनि गाँसिएर आउँछ । युवतीहरु अपरिपक्क युवासँग दाम्पत्य सम्बन्ध गाँस्न चाहँदैनन् । बरु आफुभन्दा निकै पाको उमेरकासँग उनीहरु राजी हुन्छन् । किन होला त ?
किनकी उस्तै उमेरका युवायुवतीले एक अर्कालाई मनपराउनु वा एक अर्काबीचमा आकर्षण हुनुलाई स्वभाविकै मानिन्छ । तर कहिले काँही उमेरमा ठूलो अन्तर भएका महिला पुरुषबीचमा पनि प्रेमसम्बध देख्न सकिन्छ । अझै विशेषगरी कार्यक्षेत्र वा कार्यालयमा युवतीहरु आफूभन्दा धेरै उमेरका पुरुषहरुतर्फ आकषिर्त भएको देख्न सकिन्छ ।
त्यसैले आजभोली यसलाई आश्चर्यजनक रुपमा हेरिँदैन । यसलाई सामान्य कुरा मान्न थालिएको छ । हाम्रै वरिपरि यस्ता धेरै उदाहरणहरु देख्न सकिन्छ जसमा जागिरे महिलाहरु आफ्नो कार्यालयका सिनियर वा हाकिमको प्रेमजालमा फसेका छन् । यस्ता सम्बन्धमा रहेका सबै युवतीहरुले उमेरदार पुरुषसँग टिकाउ र स्थायी सम्बन्ध बनाउन चाहेका छन् भन्ने छैन् । कैयौं युवतीहरुले यसै चक्करमा आफ्नो जीवन बर्बाद पनि गर्छन् । यस्तो सम्बन्ध काँचको महलको रुपमा छिटै ढल्छ ।
कुरा जब विवाहको हुन्छ तब यस्तो सम्बन्धको आधार कमजोर हुन्छ । तर, मानिसको मन पनि अचम्मको हुन्छ । कसैको मनमा कोही बस्यो भने त्यहाँ उमेरको सीमा र जन्मको बन्धनले केही अर्थ राख्दैन । धेरै उमेरको अन्तर भएको प्रेमसम्बन्ध त्यति टिकाउ नहुने भएकाले धेरैले यसलाई एकअर्काको कमजोरीलाई उपयोग गरेर आफ्नो फाइदा लिने हतियारको रुपमा पनि लिन्छन् ।

किन युवतीहरु आफूभन्दा बढी उमेरका पुरुषको प्रेममा पर्छन् ? यस्ता छन् कारणहरुः

१। सुरक्षाको भाव
कैयौ पटक कम उमेरका युवतीहरु आफूभन्दा धेरै उमेरका व्यक्तिसँग आफूलाई सुरक्षित महसुस गर्छन् । यस्तो अक्सर त्यतिखेर हुन्छ जब कुनै युवती बचपन देखि नै एक्ली हुन्छन् । परिवारमा पिता वा भाई जस्ता पुरुषको संरक्षण नमिलेको कारण उनीहरुलाई अपमान वा दुव्र्यवहारको सामना गर्नुपरेको हुन्छ ।
यस्ता युवतीहरु सजिलै आफूभन्दा धेरै उमेरका व्यक्तिसँग आफूलाई सुरक्षित महसुस गर्छन् । कैयौंपटक युवतीहरुको यो संकेतको र बाध्यताको फाइदा पुरुषले उठाएको पनि देखिन्छ ।

२। परिस्थितीको कारण
कार्यक्षेत्रको परिस्थितीले पनि कैयौं पटक यस्तो सम्बन्ध बनाउनमा महत्वपूर्ण भूमिका निभाउँछन् । कैयौं कार्यालयमा फिल्डवर्क हुन्छ । कामको क्रममा युवतीहरु कहिलेकाँही सिनियरहरुसँग कार्यालय बाहिर जानुपर्छ ।
अनुभव नभएका युवतीहरुलाई यसको फाइदा पुग्छ । विस्तारै विस्तारै युवतीहरु पुरुष सहकर्मीहरुका नजिक आउँछन् । कामको सिलसिलामा लगातार सँगै रहँदा कैयौं पटक मन पनि मिल्छ ।

३। स्वार्थ
पुरुषहरुले आफ्नो स्वार्थको लागि पनि कैयौंपटक कम उमेरका युवतीहरुलाई आफ्नो मोहजालमा फसाउँछन् । युवतीहरुले सहकर्मी भएको नाताले मात्रै पनि पुरुषहरुसँग वार्तालाप गर्छन् भने काममा केही मद्धत माग्छन् । यस्तैमास्वार्थी प्रवृत्तिका पुरुषले यसको गलत फाइदा उठाउने कोसिस गर्छन् र युवतीहरु उनीहरुको जालमा फस्न आइपुग्छन् ।
४। बाध्यता
कैयौं पटक बाध्यताको कारण सँगै काम धेरै उमेरका सहकर्मीको नजिक आउनुपर्ने हुन्छ । यतिखेर मुख्य कारण बाध्यता हुन्छ सम्बन्धित पुरुषको उमेर होइन । आजभोली धेरै कार्यस्थलमा कामको चाप बढेको छ र समय कम हुन्छ ।
कम समयमा धेरै काम गर्ने लक्ष्य पुरा गर्नको लागि युवतीहरुले आफ्ना सहकर्मी पुरुषहरुको सहयोग लिन हिच्किचाउँदैनन । यो आवश्यक पनि हुन्छ तर मनलाई के गर्ने ? सहयोग लिँदालिँदा मन पनि एकअर्काको नजिक आउँछन् त्यतिखेर उमेरको बन्धनले कुनै अर्थ राख्दैन ।

Loading...