मोटरसाइकको ठक्करबाट घाइतेको हेलिकम्पटरद्धारा उद्धार (भिडियो सहित)

मुख्य खबर समाचार

जीवन पाण्डे,
बाग्लुङ्ग १ ,जेठ । बाग्लुङ्गको बडिगाड गाउपालिका – ६, ठुलाबेशीमा बिहान करिव ८ बजे लु ३१ प २६०९ न। को बाइकले ठक्कर दिदा १३ बर्षिय अमृत थापा गम्भीर घाइते भएका छन । बाइकले पैदल हिड्दै गरेका थापालाइ अचानक ठक्कर दिएको हो । दुर्घटना हुदा चालक बडिगाड गाउपालिका ५, बालुवाका सुरेस गिरिका छोरा बर्ष १६ का शिखर गिरि एबम सोही स्थानका सोहि बाइकमा पछाडी सवार भएका बर्ष १७ का सन्दिप गौतम घाइते भएका छन । बाइक आफ्नो कन्ट्रोलमा राख्न नसक्दा दुर्घटना भएको बताइएको छ । घाइते थापाको टाउकोमा गम्भीर चोट लागेको छ । अमृत थापा खार मा।वि को कक्षा आठमा अध्ययनरत विद्यार्थी हुन ।

दुर्घटना पश्चात घाइतेलाइ उपचारको लागि बडिगाड पोलिक्लिनिकमा ल्याइएको हो । अवस्था गम्भीर भएका कारण घाइतेलाइ जति सक्दो छिटो सेवा(सुबिधा सम्पन्न अस्पतालमा लैजानुपर्ने र एम्बुलेन्सबाट लैजान सम्भव नदेखिएका कारण हेलिकप्टर बोलाउने निधो गरिएको हो ।

हेलिकप्टरको लागि अचानक पैसा जुटाउन नसकेका कारण त्यही वरपर पैसा संकलन गरि केही पैसा जम्मा पारिएको थियो । पैसा सन्कलन गर्नका लागी बडिगाड-५ का बिकाश कि।क ले सहजता गरेका थिए । जसमा बडिगाड ९ का इन्द्र थापाले रु। १०,०००, बडिगाड ५, का राजन पाइजाले रु। १०,०००, बडिगाड  ५, का बिकाश बि।क ले रु। १०,०००, बडिगाड ६, का जीवन पाण्डे ले रु। ५,०००, उमेश काउचा ले रु। १०००, कमला आचार्य ले रु। १००० गरि आर्थिक सन्कलन गर्न सहयोग पुर्याएका थिए।

पैसा संकलनको प्रयासबाट हेलिकप्टर एबम अस्पतालमा उपचार गर्ने खर्चका लागि जम्मा नहुने अवस्था देखिएपछी पिडित पक्षका परिवार आफैले आफुसङ्ग भएको सुनलाई सुनपसलमा राखी डेड लाख पैसा जम्मा गर्नुभएको थियो । तत्पश्चात तुरुन्तै हेलिकप्टर बोलाउन सहजता बडिगाड ९ निवासी इन्द्र थापाले गरेका थिए ।

बिहान १०स्२२ मिनेटमा प्रभु बैंकको हिलिकप्टरबाट घाइतेलाइ मणिपाल अस्पताल पोखरामा पठाइएको हो । स्वयम् बडिगाड गाउपालिका ६ का वडाध्यक्ष मौसम काजी क्षेत्रीपनि हस्पिटलमा सहजताका लागि प्रस्थान गरेको ग्वालिचौर प्रहरी प्रमुख लालमणी भट्टराइले जानकारी दिए ।

टाउकोमा रगत जमेका कारण अझैसम्म अस्पतालमा अपरेसन गर्न नसकिएको र बिरामिको अवस्था निकै कमजोर आएको वडाध्यक्ष मौसम काजी क्षेत्रीले सोही अस्पतालबाटै जानकारी दिएका छन ।

Loading...