कर्मचारी सरुवा गर्दा पैसा खाएको भन्दै मन्त्रीकै अगाडि उपसचिव कुटिए

मुख्य खबर समाचार

काठमाडौं १ जेठ । आपूर्ति मन्त्रालयका उपसचिव प्रेम आचार्यमाथि मन्त्रालय भित्रै हातपात भएको छ । उनलाई कर्मचारी सरुवामा अनियमितता गरेको भन्दै बुधबार हातपात भएको हो ।
कर्मचारी सरुवा गर्दा पैसा खाएको आरोपमा उनीमाथि हातपात भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका निजी सचिवसमेत रहेका आचार्यलाई ७ र ८ जनाको समूहले हातपात गरेका थिए । सरुवामा घुस खाएको भन्दै उनीहरूले मन्त्रीकै अगाडि हातपात गरेका हुन् ।

आचार्यसँग भनाभन भएपछि मन्त्री मातृका यादव के को विवाद भन्दै पुगेका थिए । उनकै अगाडि आचार्यमाथि हातपात भएको हो । मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टको हातमा पनि चोट लागेको छ ।

Loading...