‘काठमाडौँमा बसेर फिल्मी करिअर अघि बढाउने गाह्रो’ कशिस दाहाल

मोडेलवाच

सुनसरी, इटहरीकी कशिस दाहालले मोडलिङमा पाइला राख्नुअगावै हिन्दी भाषामा बनेको फिल्म ‘सपना’ मा अभिनय गर्ने अवसर पाएकी थिइन्। ‘मिस पूर्वाञ्चल २०१४’ मा भाग लिएपछि उनलाई मोडलिङसम्बन्धी आधारभूत तालिम लिने मौका जुर्‍यो। फिल्म ‘फुर्के’, ‘डिल्लीराम’मा उनले मुख्य अभिनेत्रीका रूपमा काम गरेकी छिन्। फिल्म ‘द प्रिन्स’ र ऐतिहासिक विषयवस्तुमा बनेको फिल्म ‘नालापानी’ मा पनि अभिनय गरेकी छिन्। फिल्ममा करिअर बनाउने उद्देश्यले काठमाडौँ आएको बताउने कशिस ग्ल्यामर क्षेत्रमा जम्न गाह्रो भएको बताउँछिन्। ‘इटहरीमा हुँदा केही म्युजिक भिडियो र विज्ञापनमा अभिनय गरेकी थिएँ,’ उनी भन्छिन्, ‘तर, काठमाडौँमा बसेर फिल्मी करिअर अघि बढाउने गाह्रो रहेछ।’

 

Loading...