मुख्य समाचारको माथि

सतर्क रहनुस आज मेघ गर्ज सहित हावा हुरी चल्ने

Highlight मुख्य खबर समाचार

काठमाडौं २ जेठ । उपत्यकासहित देशका केही ठाउँमा गएराति ठूलो पानी परेको छ । पोखरामा विकास भएको न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा केही ठाउँमा ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पानी परेको ठाउँको मौसम अहिले खुलेको छ । तर दिउँसोपछि काठमाण्डौसहित मध्य र पूर्वको केही तथा पश्चिमी पहाडी क्षेत्रको एक दुई ठाउँमा मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
पश्चिममा पश्चिमी वायुको असर र मध्य तथा पूर्वमा पूर्वमा बनेको न्यूनचापीय प्रणालीसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मौसम बदली भई पानी पर्ने उहाँको अनुमान छ । भोलिदेखि भने मौसममा सुधार आउन सक्ने बताइएको छ ।

NEWS DOWN