‘अब विकासले तीब्र गति लिन्छ’ अम्बिरबाबु गुरुङ

Highlight राजनीति

काठमाडौ २ जेठ । प्रदेश सांसद अम्बिर बाबु गुरुङले  अव विकास तीब्र गतिमा अगाडी बढने बताएका छन । ओखलढुंगाको चिसंखुगढी गाउपालिकाले काठमाडौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद गुरुङले तीन तहको सरकार हुदा पनि मुलुकमा विकास नभए कहिल्यै नहुने बताए । सांसद गुरुङले अहिलेको अवस्थामा हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने भन्दै यो अवस्थामा विकासमा काममा तीव्रता दिनु पर्ने बताए । आवधिक विकास योजना तर्जुमा सुझाव संकलन तथा अन्तक्रिया कार्यक्रममा बोल्दै सांसद गुरुङले गाउपालिकामा हावाका तालमा बजेट विनियोजन नहुने भन्दै डिपिआर तयार गरेर मात्र अगाडि बढन सुझाव दिए । कुन क्षेत्रमा वजेट आत्यावश्यक हो त्यो क्षेत्रलाई पहिलो प्राथमिकता दिन समेत गाउपालिकालाई सुझाए । गाउपालिकाले तयार पारेको डिपिआरलाई उल्लेखनीय काम भएको तारिफ गर्दै योजना बनाउने कामलाई निरन्तरता दिन आग्रह गरे । पूर्व सांसदसंग आक्रोस पोख्दै सांसद गुरुङले भने यस अघिका सांसदले विकासको काममा कुनै चासो दिन नसकेको बताए ।


त्यसैगरी कार्यक्रममा बोल्दै चिसंखुगढी गाउपालिका अध्यक्ष निशान्त शर्माले चिसंखुगढी गाउपालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने उद्धेश्यका साथ योजना बनाउन लागिएको बताए । सबै क्षेत्रको राय सल्लाह र सुझाव संकलन गरेर योजना बनाउने र त्यसका लागि आवश्यक बजेट माग गरिने अध्यक्ष शर्माले बताए । अध्यक्ष शर्माका अनुसार गाउपालिकामा प्रयाप्त सिंचाइ तथा पानीको श्रोतको अभाव भएका कारण खण्डहरमा परिणत हुन लागेको अवस्थामा कसरी हरियाली बनाउने र यस क्षेत्रमा स्थानीयलाई आकर्षित गर्ने भन्ने विषयमा गाउपालिकाको लक्ष्य रहेको बताए ।
कार्यक्रमा पूर्व सांसद तथा विभिन्न क्षेत्रका प्रतिनिधि तथा विज्ञहरुले योजनाका विषयमा आफना सुझावहरु प्रस्तुत गरेका थिए ।

Loading...