मुख्य समाचारको माथि

रवि लामिछाने र निकिता पौडेलबीच आज विवाह , कहाँ हुँदैछ विवाह

Highlight मुख्य खबर समाचार

काठमाडौं, ३ जेठ । चर्चित संचारकर्मी रवि लामिछाने र निकिता पौडेलबीच आज शुक्रबार औपचारिक रुपमा विवाह हुँदैछ । रविले अदातली विवाह गरेको चार महिनापछि परम्परागत विवाह गर्न लागेका हुन् । पारिवारिक स्रोतका अनुसार रविले शुक्रबार नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा विवाह गर्दैछन् । गोप्य राखिएको विवाहमा रविले परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका छन् ।
चर्चित संचारकर्मीसमेत रहेका रविले न्युज २४ कार्यक्रममा सिधा कुरा जनतासँग कार्यक्रम निकै लोकप्रिय छ । उक्त कार्यक्रममार्फत रविले ठूला समस्याको समाधान गर्नसमेत सहयोग गरेका छन् । रविले चलचित्रकर्मी उद्धव पौडेलकी छोरी निकिता पौडेलसँग दोस्रो विवाह गर्न लागेका हुन् । निकिता यसअघि चलचित्र विकास बोर्डकी अध्यक्ष थिइन् । समरण रहोस निकिताको पनि यो दोस्रो विवाह हो ।

NEWS DOWN