श्रीमान कमाउंन कतार,श्रीमती अर्कैसंग रमाउन हतार, बालबच्चाको विचल्नी

विचार

स्वदेशमा रोजगार नभए पछि हरेकको ब्याथा एउटै छ कि परदेश जानु पर्ने स्वदेशमै जति सुकै गर्छु भन्दा पनि नभए पछि आफ्नो घर परिवार आमा बुबा दाजु भाई श्रीमती छोरा(छोरीको लागि केही दिन दूःख गरेर सुखमा राख्ने सपना बोकेर मुगलान छिरेका हुन्छन परदेशी बनेका हुन्छन ।

पछिल्लो समय श्रीमान बिदेशमा पैसा कमाउने श्रीमती अरु सङ्गै रमाउने भन्ने हामीले धेरै सुन्दै आएका छौँ यही पीडा परेको छ धनराज बलम्पाकी मगरलाई धन कमाउन भनी कतार पुगेका  उन्लाई अहिले ठूलो तनाव परेको छ। बिबाह भएको करिब १५ बर्ष पछि उनकी श्रीमती अहिले अर्कै संग भागे पछि मगर तनाबमा परेका हुन। श्रीमान संग झुट बोलेर म पनि बिदेश जान्छु भन्दै पैसा मागेर १३ बर्षको छोरीलाई काठमाडौ ल्याएर छोडिदिएर ऊनी अर्कै केटा संग भागेकी हुन।

संगै जीवन बिताउने बाचा कसम खाएर एक भएका उनिहरू परदेशीनु पर्ने बाध्यताका कारण यसरी छुटिनु परेको छ ३२ बर्षीय मगर र उनकी २९ बर्षिय श्रीमतीको एक मात्र शन्तान छोरी थिईन र श्रीमान बिदेश भएको समयमा अर्कै संग गए पछि ती १३ बर्षकी छोरीको बिचल्ली भएको छ।

नेपालमा रोजगारको ग्यारेन्टी नहुदा धन कमाउनको लागि विदेश जानु पर्ने नेपालीहरुको बाध्यता भएको छ । परिवारको खुसी र घर खर्च चलाउनकै लागि धन जोहो गर्न अनि धन कमाएपछि परिवारको साथमा खुसी बाढनको लागि विदेश जाने गरेका छन । तर पछिल्लो समय वैदेशिक रोजगारीले विकृती निम्त्याउन थालेको छ । धन सम्पत्ति कमाउन श्रीमतीलाई छाडेर विदेश जाने युवाहरुको श्रीमती अर्केसंग फरार हुने उल्टै धन सम्पत्ति वेपत्ता बनाउन, बालबच्चा समेत विचल्नी पार्ने काम भइरहेको छ ।
श्रीमान विदेशमा हुने महिलाले सोच्न्ु पर्ने कुरा यो छ कि श्रीमानले विदेशमा दुख गरेको आफनै लागि हो भोली आफनै परिवारको लागि भन्ने कुरा बुझन नसक्दा क्षणिक यौनका कुण्ठालाई धैर्यतामा राख्न नसक्नु विदेश जाने युवाहरुका श्रीमतीहरुको कमजोरी हो । यसरी क्षणिक आनन्दमा लागेर विदेशको ८० डिग्रीको तापमा काम गरेर बसेको श्रीमानलाई घात गर्दा भोली त्यसको परिणाम नराम्रो आउने हुदा श्रीमान विदेशमा ह्ुने श्रीमतीहरुले धेरै कुरा बुझनु पर्ने जरुरी छ । यो लेखले सबैको आँखा खुलोस विदेशमा हुने श्रीमानको मूल्याकन गरियोस आफनो घर सुन्दर बनाउनुहोस हाम्रो यो कामना छ । विदेश जानेका श्रीमती अर्कैसंग पोइला जानु, बुढो विदेश जाने साथै परपुरुषसंग यौनमा लिप्त हुने फेसन नवनाइ विकृतिको रुपमा लिएर आफनो परिवारको सुन्दर सपना बनाउनु होला हाम्रो यही कामना छ ।