माझी जातीको संस्कृती जान्न चाहनेले हेर्नैपर्ने चलचित्र ‘मोङो डोङा २’, जेठ २५ गते प्रदर्शन हुदै, को को छन कलाकार रु

मनोरञ्जन मनोरञ्जन अन्तर्वार्ता मनोरञ्जन समाचार

काठमाडौं ७ जेठ । माझीहरुको भेषभुषा अनि कला सस्कृतिको जगेर्ना गर्ने उद्देश्य सहित माझी समुदायका केही हस्तीहरु यतिबेला तल्लिन छन । माझी भाषाको संरक्षण र सस्कृतिको जगेर्ना गरी भावी सन्ततीहरुको लागि इतिहास बचाउनको लागि यो समूह लागि परेको हो ।
आफनो भाषा कला र सस्कृति झल्काउने चलचित्र निर्माण गरेर कला र संस्कृतिको जगेर्ना गर्ने एउटा उदाहरण बनेको छ यतिबेला चलचित्र ‘मोङो डोङा’ । ‘मोङो डोङा’ चलचित्रको अपार सफलता पछि यति बेला ‘मोङो डोङा २’ निर्माण सम्पन्न भइ प्रदर्शनको पर्खाइमा रहेको छ । दिन रात साँझ विहान गर्दै प्रदर्शनको पूर्व सन्ध्यामा रहेको चलचित्र ‘मोङो डाङा २’ को रिलिज (प्रदर्शन) को मिति समेत तय भइसकेको चलचित्रका निर्देशक सुन्जित माझीले अखबार अनलाइनलाई बताए । निर्देशक माझीका अनुसार चलचित्र ‘मोङो डोङा २’ यही जेठ २५ गतेबाट दर्शकमाझ प्रर्दशनमा आउने छ । यो चलचित्रमा लोप हुँदै गएको माझी भाषालाई पर्दामा प्रस्तुत गरिएको छ । चलचित्रमा ७५ प्रतिशत भन्दा बढी माझी भाषाको प्रयोग गरिएको छ ।
पछिल्लो समय माझी समुदायका स्टार एवं माझी समुदायका किङका रुपमा चर्चा कमाएका गायक तथा अभिनेता यमन माझी यस चलचित्रको मूख्य आकर्षक पात्र हुन । यमनलाई ‘मोङो डाङा २’ मुख्य नायकको भुभीका देख्न सकिन्छ । यस अघि सार्वजनिक भएको चलचित्रको पहिलो लुक्स (पोष्टर) मा यमनलाई अगाडि नै देखाइएको छ भने चलचित्रमा यमनको साथमा रुपा देखिने छन । नेपाली भाषाको चलचित्र ‘एक्स्ट्रा माया’ बाट फिल्मी करियर सुरु गरेका यमनले आफनै समुदायको र आफनै जातीको भाषामा आधारित चलचित्र ‘मोङो डोङा २’ मा मुख्य भूमीका पाउनुले आफनो करियर डेभ्लोप गर्नुका साथै थप चर्चाको कमाउन सफल भएका हुन ।

 

सकुन्तला माझीको कथा रहेको यस चलचित्रलाई लोकबहादुर माझीले निर्माण गरेका हुन । सहायक निर्माताका रुपमा सुरेश माझी, सुजन माझी र रीता माझी रहेका छन । चलचित्रलाई सुन्जित माझीले निर्देशन गरेका हुन । मोङो डाङा पहिलो निर्देशन गरेका सुन्जितले दोश्रो पनि निर्देशन गरेका हुन । चलचित्र क्षेत्रमा अनुभव प्राप्त सुन्जितले आफनो भाष र सस्कृतिको चलचित्र निर्माण गर्नु र त्यसको संस्कृतिको सरक्षण गरी भावि पुस्ताहरुको लागि दस्तावेज राख्ने एउटा प्रयास गरेका हुन । चलचित्र मोङो डाङा २ मा यमन माझी, रुपा, प्रकाश माझी, श्रीकृष्ण माझी, पञ्च माझी, फुलविक्रम माझी, रुपेश माझी, लोकबहादुर माझी, सीमसागर रोशन सुब्बा माझी लगायतको अभिनय रहेको छ ।

Loading...