गायिका सरस्वती लामा विरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर

Highlight मनोरञ्जन समाचार मुख्य खबर

काठमाडौ ७ जेठ । गायिका सरस्वती लामा भुजेल विरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । गायिका सरस्वती लामा भुजेलका पूर्व श्रीमान धनबहादुर लामा (डिबी) ले सरस्वती र पिटर राइ (खालिङ) विरुद्ध किटानी जायरी दिएका हुन । डिबी लामा विदेश रहदाको समयमा सरस्वती आफनो धनमाल सहित हिडे पछि अदालतमा मुद्धा दायर भएको हो । मंगलबार जिल्ला अदालत काठमाडौमा डिबी लामा स्वयम उपस्थित भएर मुद्दा दर्ता गरेका छन । यस अघि डिबीले एक करोड ६ लाख ठगी गरेको भन्दै सरस्वती विरुद्ध महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी हालेका थिए । प्रहरीमा उजुरी परेपछि प्रहरी बृत्तमा हाजिर हुन फोन गरेसंगै सरस्वतीले हतारहतार जिल्ला अदालत भक्तपुरमा अंश दावी गर्दै डिभोर्सको मुदा दर्ता गरेकी थिइन । प्रहरीमा उपस्थित हुन आनाकानी गर्दै टार्न खोजेपछि उनका अहिलेका श्रीमान भनिएका पिटर राइलाई प्रहरीले गिरफतार गरेपछि सरस्वती प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन । प्रहरीमा उपस्थित भएकी सरस्वतीले धनबहादुर लामा (डिबी) को धनमाल सम्पत्ति फिर्ता गर्ने सर्तमा कानुन अनुसार जाने सहमती गरी पिटर राइ र सरस्वती लामा भुजेल छुटेका थिए ।
यसरी सहमतीमा हस्ताक्षर गरेर छुटेका पिटर र सरस्वती विरुद्ध यतिबेला जिल्ला अदालत काठमाडौमा किटानी जाहेरी दिएको छ । सरस्वतीले भक्तपुर जिल्ला अदालतमा दर्ता गराएको मुद्धाको प्रतिउत्तर दिदै डिबीले जिल्ला अदालतमा मुद्धा दर्ता गराएका हुन । तर गायिका सरस्वतीले आफुले दिएको मुद्धाको डिबीले प्रतिउत्तर नदिएको भन्दै फेसबुकमा स्टाटस समेत हालेकी छन । त्यसो त गायिका सरस्वतीले आफना समाचारहरु आएको भन्दै समाचार लेख्ने अनलाइन तथा मिडियाहरु विरुद्ध मुद्धा हालेको समेत स्टाटसमा हालेकी छन । तर आफु कुनै पनि मिडियामा प्रतिउत्तर दिन चाहदिनन ।


यता सरस्वतीले आफुले पूर्व श्रीमान डिबी लामाको कुनै पनि धन समपत्ति नलिएको भन्दै विभिन्न आरोप प्रत्यारोप लगाइ आफुबाट करोडौ असुल्ने सपना देखेको भन्दै फेसबुकमा स्टाटहरु पोष्ट गरिरहेकी छन भने यता पुर्व श्रीमान डिबीले समपूर्ण प्रमाणका कागजात सहित सरस्वतीको मुद्धाको प्रतिउत्तर भक्तपुर जिल्ला अदालतमा पेश गर्नुका साथै काठमाडौ जिल्ला अदालतमा सरस्वती र पिटर राई विरुद्ध मुदा दर्ता गरेका छन ।जिल्ला अदालतमा मुद्धा दर्ता गरिसकेपछि यतिबेला सरस्वती विभिन्न मिडियामा भएनभएका कुरा निकालेर हारगुहार गरिरहेकी छन । आफनो गल्ती लुकाएर दर्शकहरुको माझ चोखो हुनलाई सरस्वतीले डिबि लामालाई विभिन्न आरोप प्रत्यारोप लगाइ रहेकी छन । उद्यपी आरोप प्रत्यारोप लगाए पनि अदालतमा मुद्धा दर्ता भइसकेकोले न्याय अन्याय अदालतले छुटयाने डिबी लामा बताउछन ।

यो पनि पढनुहोस  गायिका सरस्वती लामाविरुद्ध एक करोड ६ लाख ठगीको मुद्धा, बौद्ध प्रहरीमा पिटर

 

Loading...