काण्डै काण्ड घटीरहने टानमा फेरी अर्को काण्ड, भवनको नक्सा पास गर्नुभन्दा कमाउने धन्दामा पदाधिकारी

Highlight अर्थ अर्थतन्रा मुख्य खबर

काठमाडौ १३ जेठ । बेलाबेलामा विभिन्न काण्डले चर्चा पाउने गरेको ट्रेकिङ एजेन्सी एशोसियन अफ नेपाल (टान) मा फेरी अर्को काण्ड भएको छ । ट्रेकर इन्फरमेशन मेनेज्मेन्ट सिस्टम टिममा कोषाध्यक्षले हिसाव हिनामिना गरेको काण्ड सेलाउन नपाउदै टानमा यतिबेला कामु सिइओ बरखास्त काण्डले चर्चा पाएको छ । महासचिव र कामु सिइओबीच हिसाव कितावमा कुरा नमिल्दा महासचिव आङपेम्बा शेर्पाले सिइओ रमन ग्राण्डनलाई बर्खास्त गरेका छन । महाचिव शेर्पाले सिइओलाई बरखास्त गरेको चिठठी दिएका छन । यता महासचिवले बरखास्त गरेका सिइओलाई टानका अध्यक्ष नवराज दाहालले रातारात केही ब्यक्तिहरुसंग सल्लाह गरेर महासचिवले बरखास्त गरेका सिइओलाई  थामौती गरी यतिबेला अमेरिका भ्रमणमा रहेका छन । यसरी महासचिवले सिइओलाई बरखास्त गरेसंगै टानको विवाद झनै चुलिदै गएको छ ।
महासचिव आङपेम्बा शेर्पाले भने आफुले सिइओलाई बरखास्त नगरेको बताउछन । अखबार अनलाइनसंगको कुराकानीमा महासचिव शेर्पाले सिइओलाई बरखास्त नगरेर सचेत गराएको बताएका छन । महासचिव शेर्पाका अनुसार सिइओले आफु खुसी काम गर्नथालेपछि सचेत गराएको बताए । आफुले बरखास्त नगरेको स्वीकारेका महासचिव शेर्पाले घुमाउरो पारामा भने ‘हामीले भनेको नमानी आफुखुसी गर्न थालेपछि कारबाही स्वरुप चेतावनी दिएको हो तर हामीले फेरी सल्लाह गरेर राखेका हौँ ।’ समय समयमा विभिन्न विवादहरु भइरहने टानमा नियम भन्दा पनि आफनो अनुकुल काम गर्ने गरेका कारण विवाद आइरहने गरेका छन । टानमा भएका कर्मचारी नियुक्तीदेखि हिसाव कितावमा पारदर्शीता नहुदा विवाद आउने गरेका हुन ।
पर्यटकीय व्यवसायीहरुको छाता संस्थाको रुपमा टानमा आफनो अनकुल हुने गरी निर्णय गर्दा टानको काम कारबाही सुस्त दुरुस्त हुन नसक्नुका साथै समयमा हुनुपर्ने कामहरु पनि ढिला सुस्ति हुने गरेको पाइएको छ । विशेष श्रोतले दिएको जानकारी अनुसार टानमा कर्मचारी नियुक्तिमा समेत कार्यालय चाहिने योग्यताको कर्मचारी भन्दा पनि आफनो अनुकुलको मान्छेलाई नियुक्ती गरी भर्ती केन्द्र बनाउने गरेको थाहा हुन आएको छ ।
प्राप्त जानकारी अनुसार कार्यलयमा काम लाग्ने भन्दा पनि अनावश्यक कर्मचारीहरुको थुप्रो लगाइएको छ । सामान्यतया कार्यालयमा कम्युटर चलाउन पनि नजान्ने कर्मचारी नियक्ति गरी मासिक पचासौ हजार तलब सुविधा दिने गरेको श्रोेतबाट थाहा हुन आएको छ । टानमा मासिक ५० हजार भन्दा बढी तलब सुविधा बुझने गरेका कर्मचारीले राम्रोसंग कम्प्युटर समेत चलाउन जान्दैनन ।

यता टानको हिसाकिताव राख्ने जिम्मेवार कर्मचारी एकाउन्टेन समेत नियम विपरित आफनै तह तजविजमा नियुक्ति गरेको पाइएको छ । टानको नियम र विनियमलाई लात हान्दै आफनो अनुकुल अध्यक्षले एकाउन्टेन नियुक्ती गरेको जानकारी पाइएको छ । नियम अनुसार कर्मचारी नियुक्तिका विषयमा विज्ञापन गरेर कार्यालय आवश्यक पर्ने सक्षम उम्मेदवारलाई अन्तरवार्ता तथा परीक्षा मार्पmत नियुक्ति गरिनु पर्ने प्रावधान भएपनि अध्यक्षले आफुखुसी एकाउन्टेन नियुक्ति गरेको जानकारीमा आएको छ । अध्यक्ष नवराज दाहाल हाल अमेरिकाको भ्रमणमा छन ।
मालि गाउमा रहेको टानको भवनको नक्सा पास समेत नभएको जानकारी प्राप्त भएको छ । पटक पटक महानगरले नक्सा पास गर्न दिएको अवसरलाइ वास्तै नगरेको श्रोतले जनाएको छ । आफनो कार्यकालमा भवनको नक्सा पास गर्नु पर्ने कार्यसमितिको मुख्य दायित्व भएपनि कताबाट पैसा कमाउन सकिन्छ भन्नेमा मात्र केन्द्रीत हुदा अहिले टानको भवनको नक्सा पास समेत भएको छैन । नयाँ कार्य समितिको एक बर्षको कार्यकालमा उपलब्धीमूलक काम भन्दा तलब बृद्धि गर्नमा नै केन्द्रीत भएको देखिनछ । टानका कार्मचारीको तलब एक बर्षमा तीन पटक सम्म बृद्धि गरिएको छ । एक पटक ४ हजार, दोश्रो पकट २ हजार र तेश्रो पटक २० प्रतिशत तलब बृद्धि गरिएको छ । तीन पटक तलब बेद्धि गरेर ५० हजारभन्दा माथि तलब पुराइएका कर्मचारीहरुले राम्रोस।ग अग्रेजी नेपाली टाइप गर्न समेत नसक्ने गरेको श्रोतले बताएको छ ।