Advertisement

सेञ्चुरी बैंक र मेटलाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

अर्थ अर्थतन्रा बैंक तथा सहाकरी

काठमाडौ १५ जेठ । सेञ्चुरी कमर्सियल बैंक र मेटलाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखाहरुबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ ।
सेञ्चुरी कमर्सियल बैंक र मेटलाइफ इन्स्योरेन्स कम्पनीबीच भएको बैंकास्योरेन्सको सम्झौता पत्रमा बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र मेटलाइफ इन्स्योरेन्स कम्पनीको तर्पmबाट उपाध्यक्ष एवं महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन ।
सेन्चुरी बैँकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ११२ वटा शाखा, ८ वटा एक्सटेन्सन काउण्टर, ६३ भन्दा बढी एटिएम, १३ वटा शाखारहित बैकिङ्ग सेवा मार्पmत आफ्ना पाँच लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा इन्डो नेपाल रेमिटान्स सेवा सञ्चालन गर्दै आएको छ ।