मुख्य समाचारको माथि

लोकसेवा आयोगको विज्ञापन विरुद्ध माइतीघरमा २ घण्टा धर्ना

मुख्य खबर राजनीति

काठमाडौ १७ जेठ । लोकसेवा आयोगले निकालेको विज्ञापन प्रति असन्तृष्ट जनाउदै मधेसी तथा दलीत विद्यार्थीहरुले काठमाडौको माइतीघरमा प्रदर्शन गरेका छन । लोकसेवा आयोगले जेठ १५ गते निकालेको निजामती कर्मचारीको रिक्त पद पुर्तिका लागि कर्मचारी भर्ना गर्ने बिज्ञापनमा दलित जनजाति मधेसी र अल्पसंख्यक हरुलाई वेवास्ता गरी समावेशीता तथा समानुपातिक व्यवस्थाको बेवास्ता गरेको भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन ।
संविधानमा उल्लेख गरेको समाबेसी समानुपातिक प्रणालीलाई बेवास्ता गर्दै गर्दै न्युनतम मापदण्ड पनि अबल्म्बन गरि पद पुर्ती गर्न खोजिएको भन्दै उक्त विज्ञापन खारेजको माग गरेका छन । शुक्रबार एक विज्ञप्ती जारी गर्दै विज्ञापन खारेज गरी समावेशी प्रणालीमा नलगे चरण बद्द आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
बिज्ञापनमा दलित जनजाति मधेसी र अल्पसंख्यकहरुलाई देशले संविधानमा उल्लेख गरेको समाबेसी समानुपातिक व्यवस्थालाई बेवास्था गर्दै न्युनतम मापदण्ड पनि अबल्म्बन गरि पद पुर्ती गर्न खोजिएको हुँदा लोकसेवा आयोगको यस कार्यको विरुद्ध चरण बद्द आन्दोलन गर्ने चेतावनी रुवरुप मधेसी विद्यार्थी र दलित विद्यार्थी नेताहरुको संयुक्त प्रयासमा बिरोध प्रदर्शन गरेका हुन ।
सोही अनुसार मधेसी विद्यार्थी र दलित विद्यार्थी नेताहरुको संयुक्त रुपमा काठमाडौको माइतीघर मन्ड्लामा शुक्रबार २ घन्टा धर्ना दिएका ाहुन ।
कार्यक्रममा नेबिसंघका नेता पवन नेपाली, अखिल क्रान्तिकारिका राम नेपाली, दलित विद्यार्थी संघ नेता होम बिस्वकर्मा, मङ्ग्ल नेपाली अनेरास्ववियुका नेता दिपा नेपाली, मधेसी विद्यार्थीका नेता देभ नारायण यादव, अजय मिश्र लगाएत ठूलो संख्यामा उपस्थित विद्यार्थीहरुले साङ्केतिक बिरोध प्रदर्शन कार्यक्रम गरेका थिए ।

NEWS DOWN