१ सय ४४ जना यात्रु बोकेर उडेको विमानमा बम !

अन्तर्राष्ट्रिय मुख्य खबर

काठमाडौ २० जेठ । १४४ यात्रु बाकेर आकाशमा उडिरहेको विमानमा बम भएको एकाएक हल्ला चल्यो । विमानमा बम भएको हल्ला चलेपछि सिङ्गापुर वायुसेनाले दुईवटा लडाकु जेट विमान पठाएर सो विमानलाई सकुशल अवतरण गराइएको छ। फिलिपिन्सको सेबुबाट आइतवार उडेको स्कूट वायुसेवाको विमानमा बम भएको जानकारी प्रहरीले पाएको थियो ।
विमान अवतरणपछि कुनै विस्फोटक पदार्थ भेटिएन र प्रहरीलाई दिइएको सूचना गलत भएको पुष्टि भएको छ। फिलिपिन्सको सेबुबाट आइतवार उडेको स्कूट वायुसेवाको विमानमा १४४ यात्रु र चालकदलका छ सदस्य थिए।
नाम नखुलाइएका एक १३ वर्षीय किशोरले सो हल्ला चलाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी पनि सोही विमानको यात्रु भएको बताइएको छ। हाल प्रहरीले उनलाई अनुसन्धानका क्रममा सोधपुछ गरिरहेको र उनले त्यसमा सघाइरहेको बताइएको छ।
सिङ्गापुरको वायुसेवा स्कूटले द स्रेट्स टाइम्सलाई सो विमानले स्थानीय समयानुसार दिउँसो ४ः४९ बजे अवतरण गरेको र सबै यात्रु सकुशल रहेको बताएको छ।

Loading...