प्रकाश सपुतको हृदयविधारक कथा: ‘दुहुनो भैंसी बेचेर चामल किन्थ्ये’

Highlight मनोरञ्जन मनोरञ्जन अन्तर्वार्ता मुख्य खबर

काठमाडौ २१ जेठ । यतिबेला गल्बन्दी बोलको गीत निकै चर्चामा छ । गीत चर्चामा आएसंगै गायक प्रकाश सपुतको झनै चर्चा पैmलिएको छ । पछिल्लो समय प्रकाशले जुन गीत गाएपनि चर्चित बनेका छन । प्रकाश सपुतले प्रिती आलेसंग गाएको दोहोरी ब्याटल निकै चर्चामा आयो । त्यसपछि जुन गीत गाउदा पनि प्रकाशको हिट नै बन्न थाले । यतिबेला प्रकाश सपुतले गाएको गीत गलबन्दी निकै चर्चामा छ । युटयुवमा उक्त गीत सबैभन्दा धेरैले रुचाइएको छ । जसका कारण टेण्डिङको एक नम्बरमा समेत पर्न सफल भएको छ ।
नेपाली गीत संगीतमा सबैभन्दा चर्चित नामका रुपमा प्रकाश सपुतकै नाम हो । उनको नाम नसुन्ने र उनीबारे जानकार नभएका सायद कमै होलान् । फरक तरिकाको दोहोरी ब्याटल मार्फत युवाहरुको मन मुटुमा बस्न सफल प्रकाश ‘बोल माया’ र ‘गलबन्दी’ पछि सबैमाझ लोकप्रिय बनेका छन् । यतिबेला जहाँ गएपनि प्रकाश र उनकै गीतहरुको चर्चा भईरहेको छ ।
लोक गीत ‘बोल माया’ बाट उनले लोक गीत नसुन्ने दर्शक स्रोताको समेत माया पाएका थिए । ‘बोल माया’ बाट निकै राम्रो प्रतिक्रिया पाएका प्रकाशले बोल मायाकै कथाभावलाई समेटेको गलबन्दी ल्याए । जसको चर्चा निकै चुलिएको छ ।
यो क्षेत्रमा आउँनुभन्दा पहिला उनले निकै दुःख कष्ट भोगेको बताउँछन् । उनी जुन गीतलाई राम्रो बनाउने सोच राख्छन्, त्यसमा उनी आफैंले शव्द लेख्ने, आफै गाउँने, निर्देशन गर्ने, सबै गर्दै आएका छन् । त्यसको पछिल्लो उदाहरण हुन्, गलबन्दी, बोल माया, दोहोरी ब्याटल आदी ।
प्रकाशले एक अनलाइनमा दिएको अन्तरवार्तामा भनेका छन सुरुवातीका दिनहरुमा आफुले निकै दुख गरेको बताएका छन । कहिले काही चुल्हो नबलेको देखि खाना पकाउनको लागि चामल नभएको अवस्था समेत भएको बताएका छन । अन्तरवार्तामा भनेका छन कुनै दिन चामल किन्ने पैसा नभएर पसलले उदारो नदिएपछि दुख खाने भैसी बेचेर समेत चामल किनेर ल्याएको बताएका छन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •