ज्योति लाईफ इन्स्योरेन्स र अस्पतालबीच सेवा सम्झौता

अर्थ अर्थतन्रा बैंक तथा सहाकरी

काठमाडौ २२ जेठ । आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त देशको सम्पुर्ण प्रदेशहरुमा अन्य सेवासुविधा विस्तार गर्ने क्रममा धनगढी, कैलाली स्थित माया मेट्रो अस्पताल र भरतपुर – १०, चितवन स्थित चितवन मेडिकल कलेज संग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा छुट्टा छुट्टै सम्झौता सम्पन्न गरेको छ । सम्झौता पश्चात कम्पनीसंग आबद्ध चितवन तथा धनगढी लगायत आसपास क्षेत्रका महानुभावहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । उक्त अलग अलग सम्झौताहरुमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख श्री प्रकाश बिक्रम खत्री र माया मेट्रो अस्पतालको तर्फबाट मेडिकल डाईरेक्टर डा. मोहन साउदले हस्ताक्षर गर्नुभएको थियो भने चितवन मेडिकल कलेजको तर्फबाट मेडिकल कलेजका प्रमुख प्रशासक श्री प्रताप देवकोटाले हस्ताक्षर गर्नुभएको थियो ।

Loading...