Advertisement

गायिका आनी छोइङ डोल्मामाथि अनुसन्धान: श्रोत नखुलेको १५ लाख डलर फेला, प्रधानमन्त्री ओलीलाई समेत एक करोड

मनोरञ्जन मुख्य खबर

काठमाडौ २३ जेठ । गायिका आनी छोइङ डोल्मामाथि अनुसन्धान भइरहेको समाचार प्राप्त भएको छ । गायिका डोल्माको खाताका श्रोत नखुलेको १५ लाख अमेरिकी डलर फेला परेपछि यतिबेला उनी अनुसन्धानमा परेकी हुन ।
डोल्मा नेपालकी मन्त्र गायिकाका रुपमा चिनिन्छिन । फुलको आँखामा फुलै संसार बोलको गीतबाट चर्चाका आएकी आनी छोइङ डोल्माको मेघा बैँकको खातामा एकाएक श्रोत नखुलेको १५ लाख अमेरिकी डलर (१६ करोड ५० लाख नेपाली) भेटिएपछि मनी लाउण्ड्रिङको अनुसन्धान सुरु गरिएको जानकारी प्राप्त भएको छ । एक वर्षदेखि भैरहेको अनुसन्धानलाई गोप्य राख्न अनेक प्रयत्न गरे पनि अन्तत त्यो सफल नभएर बाहिरिएको हो ।
गायिका आनी छोइङ डोल्मालाई हङकङको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ मा कार्यरत एक ब्यक्तिले यो पैसा पठाइ दिएका थिए ।उनका नाममा एकै पटक यति ठूलो रकम आएपछि त्यसलाई शंकास्पद भन्दै मेगा बैंकले राष्ट्र बैंकमा रहेको ‘वित्तीय जानकारी इकाइ’ लाई खबर गरिदिएको थियो। त्यसमा उसलाई शंकास्पद लागेमा थप अनुसन्धानका लागि सम्पति शुद्धिकरण विभागलाई जिम्मा दिन्छ। अहिले विभागले पैसाका बारेमा अनुसन्धान गरिरहेको छ। फ्रिज भएपछि आनीले प्रधानमन्त्री केपी ओलीको ‘तुइन विस्थापन कार्यक्रम’ लाई एक करोड रुपैयाँ दिने घोषणा गरेकी थिइन्। उनले त्यो रकम नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा ओलीलाई एक करोड रुपैयाँ हस्तान्तरण गरेकी थिइन्।
यो रकम उनले प्रधानमन्त्री ओलीलाई प्रभावित पारेर आफनो फ्रिज भएको पैसा निकाल्ने उपाय स्वरूप दिएकी थिइन् । उनले आफ्नो समस्या प्रधानमन्त्रीलाई भनेको र प्रधामन्त्रीको किचेन क्याविनेटले पनि गोप्य च्यानलबाट छुटाउनका लागि प्रयत्न गरेको सम्पति शुद्धिकरण विभागका एक कर्मचारीले बताए । तर, विभागले यो एक्सपोज हुन्छ र त्यसले प्रधानमन्त्रीलाई अप्ठ्यारो हुन सक्छ भनेपछि उनीहरू हच्केका थिए ।
आनीले त्यो पैसा अस्पताल तथा स्कुलहरुका लागि आवश्यक पूर्वाधार तयार पार्न तथा अन्य सेवा कार्यमा खर्चिन ल्याएको दावी गरेकी छिन् । तर, त्यसको स्रोत अझै पनि खुल्न सकेको छैन । शुद्धिकरण विभागका एक अनुसन्धान अधिकारी भन्छन् ‘ अनुसन्धान जारी छ । शंकास्पद नै भेटिए कानुन अनुसार कारवाही हुन्छ। वैधानिक स्रोत देखिएमा पैसा फुकुवा हुनसक्छ। श्रोत ब्रेकलाइन