किन फैलाइन्छ अफवाह ? कारणहरु यस्ता छन

विचार

गोपाल ढकाल , मनोबिद्

पछिल्लो सयममा विभिन्न अफवाह फैलाएर मानिस त्रासित बनाउनुका साथै विभिन्न हत्काण्डहरु मच्याइरहेका छन । यसरी अफवाह र हत्काण्ड मच्याउनुको कारण के हो भन्ने विषयमा मनोवैज्ञानिक तरिकाले गरिएको सुश्म अध्ययन र यसका कारणहरु यहाहरुमाझ प्रस्तुत गरिएको छ ।

हिजोआज सबैलाई चर्चित , भाईरल हुने रोग लागेको छ । सोसियल मेडियाले हामीमा त्यो भोक जगाएको छ । फोटो पोष्ट गर्दा होस वा कुनै स्टाटस लेख्दा होस , धेरै भन्दा धेरै लाईक , सेयर , कमेन्टको हामी सबैले अपेक्ष गरेका हुन्छौ । आफू चर्चित हुनका लागि जानिबुझि कन अफवाह फैलाउने वा फण्डा चलाउने गरेको देखिन्छ ।
केही ब्यक्तिले अफवाहलाई आफ्नो बिज्ञापनको माध्यम बनाउने र ठगि धन्दा चलाउने उपायको रुपमा लिएको पनि पाईन्छ । आफुलाई माता , ज्योतिषी भन्नेहरु यसमा लागेको देखिन्छ ।
कालो बजारी गर्नेहरुले पनि अफवाह फैलाउन सक्छन् ।
अफवाह फैलाउनेहरु मानसिक रोगी पनि हुन सक्छन् । यस्ता केही मानसिक रोग छन जसको कारण यी रोग लागेका ब्यक्तिले जानि नजानि अफवाह फैलाईरहेका हुन्छन् ।
( असामाजिक ब्यक्तित्ब नामक मानसिक रोग भएका ब्यक्तिहरु समाजलाई दुख दिएर आफू रमाउन खोज्छन । यस्ता ब्यक्तिहरु चाहिदो नचाहिदो हल्ला चलाउने , समाजको शान्ति सु ब्यबस्थामा खलल पुर्‍याउने , हत्या , हिंसा , बलत्कारका घटना घटाउन पनि तल्लीन देखिन्छन् ।
( मेनिया (उन्माद) मानसिक रोग भएका ब्यक्तिहरु आफु शक्तिशाली भएको , जस्तो सुकै समस्या हल गर्न सक्ने , जस्ता पत्याउनै नसक्ने कुरा गर्छन । गुरु हु , माता हु भन्नेहरु धेरै जसो यसै रोगका बिरामी हुन ।
अफवाह फैलाउनेमा यिनिहरु पनि भेटिन्छन् । उनिहरुले भनेको कुरामा बिस्बास गरि पछाडी लाग्ने अन्धभक्तहरु पनि धेरै हुन्छन । साथै आफ्नो गुरुले गरेको भबिस्यबाणी बा अफवाह नमिल्दा आत्महत्या गर्न पछि नपर्ने स्बाँठ पनि ।
( सिजोफ्रेनिया अन्तरगत पर्ने कडा मानसिक रोग न्चबलमष्यकभ मभगिकष्यल मष्कयचमभच भएको ब्यक्तिमा आफुसँग ठूलो शक्ति , क्षमता , बिश्व ब्रह्माण्डको ज्ञान भएको बिद्धान , ट्यालेन्ट , संसारको सबै ज्ञान आफुलाई प्राप्त भएको, भुत , भबिष्यको कुरा सबै बताउन सक्ने र संसारलाई चमत्कार गरेर देखाउन सक्छु भन्ने मतिभ्रम हुन्छ । यसै मतिभ्रम कारण अफवाह फैलाउने गर्छ । हेर्दा यस्तो ब्यक्ति स्बस्थ नै जस्तो देखिन्छ तर उ मानसिक रोगको सिकार भएको हुन्छ ।

Loading...