माझी भाषाको चलचित्र ‘मोङो डोङा-२’ हेर्न दर्शकहरुको भीड, सिट नपाएपछि भुइमै बसेर हेरे, चलचित्रले अवार्ड जित्ने विश्वास

मनोरञ्जन मनोरञ्जन समाचार

काठमाडौ २५ जेठ । माझी समुदायको सास्कृतिमा आधारित चलचित्र ‘मोङो डोङा-२’ लाई दर्शकहरुले अत्याधिक रुचाएका छन । काठमाडौको राष्ट्रिय सभा गृहमा शनिबार प्रदर्शन गरिएको उक्त चलचित्रमा दर्शकहरुको भीड नै लागेको थियो । दर्शकहरुको चाँप भएपछि हलमा सिटको समेत अभाव देखिएको थयो । दर्शकहरुले भुइमा बसेर समेत चलचित्रलाई हेरेका छन । चलचित्र प्रदर्शनपछि दर्शकहरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन । चलचित्रले माझी समूदायको सास्कृतिलाई यर्थार्थ चित्रण गर्न खोजेको र माझी समूदायको एउटा दस्वावेजको रुपमा संग्रहीत हुने दर्शकहरुले प्रतिक्रिया दिएका छन ।


चलचित्रमा माझी समूदायको सस्कार र रितीरिवाजको बारेमा देखाउन खोजिएको छ । चलचित्र हेरिसक्दा माझी भाषा समेत बोल्न सक्नेछन । नेपाली भाषामा संवाद भएपनि माझी भाषाको बारेमा, माझी सस्कृतिको बारेमा अनि माझीहरुको परापुर्वकालदेखिको इतिहास चलचित्रमा छलैङग बनाउन खोजिएको छ । माझी समुदायको बारेमा ऐतिहासिक चलचित्र बन्न सफल भएका कारण उक्त चलचित्र आदिवासी जनजाती चलचित्र महोत्सवमा नोमिनेशनमा परेको हो । महोत्सवमा चलचित्रले अवार्ड जित्ने दर्शकहरुको अुनमान छ ।
चलचित्रमा अभिनय गर्ने पात्रहरुको साथमा दर्शकहरुले चलचित्र हेरेका छन । चलचित्रको मुख्य भूमीकामा माझी समुदायका किङ भनेर चिनिएका यमन माझी र रुपा माझीमा देखाइएको छ । चलचित्रमा आइतेका रुपमा यमनको भुमीका निभाएका छन । चलचित्रमा रुपा र यमनको लव स्टोरी समावेश छ । नदीको किनारमा टहरामा बसेका यमनसंग बाउकी एक्ली छोरी रुपाको प्रेमभाव दर्साइएको छ । चलचत्र ‘एक्स्ट्रा माया’ बाट चलचित्रमा डेब्यु गरेका यमन गायन क्षेत्रमा पनि अब्बल छन । दर्जनौ गीत गाइसकेका यमनले संगीत समेत आफनै गर्ने गरेका छन । यता रुपा माझी भने यस चलचित्रबाट डब्यु गरेकी हुन । चलचित्रमा अन्य कलाकारहरुमा प्रकाश माझी, श्रीकृष्ण माझी, पञ्च माझी, फुलविक्रम माझी, रुपेश माझी, लोकबहादुर माझी, सीमसागर रोशन सुब्बा माझी लगायतको अभिनय रहेको छ ।

सुन्जित माझीले निर्देशन गरेको उक्त चलचित्रलाई चलचित्रलाई सुन्जित माझीले निर्देशन गरेका हुन । मोङो डाङा पहिलो निर्देशन गरेका सुन्जितले दोश्रो पनि निर्देशन गरेका हुन । चलचित्र क्षेत्रमा अनुभव प्राप्त सुन्जितले आफनो भाष र सस्कृतिको चलचित्र निर्माण गर्नु र त्यसको संस्कृतिको सरक्षण गरी भावि पुस्ताहरुको लागि दस्तावेज राख्ने एउटा प्रयास गरेका छन । सकुन्तला माझीको कथा रहेको यस चलचित्रलाई लोकबहादुर माझीले निर्माण गरेका हुन । सहायक निर्माताका रुपमा सुरेश माझी, सुजन माझी र रीता माझी रहेका छन ।

Loading...