भारतको रोमाञ्चक जित

खेलकुद

काठमाडौ २७ जेठ । इङ्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा रोमाञ्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा भारतले साविक विजेता अस्ट्रेलियालाई ३६ रनले हरायो । भारतको यो लगातार दोस्रो जित हो । दी ओभल क्रिकेट मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा भारतको जितमा शिखर धवनको शतक तथा कप्तान विराट कोहली र रोहित शर्माको अर्धशतक महत्वपूर्ण बनेको थियो ।
तीन खेल खेलेको अस्ट्रेलियाको यो पहिलो हार हो । अस्ट्रेलियाले यसअघि अफगानिस्तानलाई सात विकेट र वेस्ट इन्डिजलाई १५ रनले हराएको थियो ।

Loading...