कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

राजनीति समाचार

काठमाडौं २७ जेठ । प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षदल नेपाली कांग्रेको अवरोध पछि स्थगित गरिएको छ । गुठीसम्बन्धी विधेयकलाई लिएर विरोधमा उत्रिएकामाथि सरकारले दमन गरेको भन्दै प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले अवरोध जनाएको हो । प्रतिपक्षको विरोधपछि मंगलबारसम्मका लागि बैठक स्थगीत गरिएको छ ।
गुठीसम्बन्धी विधेयकले सबै जमिनलाई रैकर बनाउने भन्दै आइतवार माइतीघरमा विरोधमा उत्रिएका नेवार समुदायमाथि भएको दमनको विरोधमा कांग्रेसले अवरोध गरेपछि दुवै सदन स्थगित भएका हुन्। प्रतिनिधि सभामा कांग्रेसको अवरोधपछि सूचना टाँसेर भोलीसम्मका लागि बैठक रोकिएको हो ।
कांग्रेसको अवरोधपछि १५ मिनेट स्थगित बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै भोली ११ बजेसम्मका लागि रोकिएको हो । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचना निकाल्दै मंगलबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्।

Loading...