काठमाडौमा मुवाथाइ सेमिनार हुने

खेलकुद

काठमाडौ २७ जेठ । त्रिपुरेश्वर दशरथ रंगशाला स्थित सेमि कभर्डहलमा मुवाथाई सेमिनार संचालन हुने भएको छ। जेठ २८ गते मंगल सेमिनार सञ्चालन हुने नेपाल रास्ट्रिय मुवाथाइ संघ का अध्यक्ष गणेशलाल कक्षेपतिले जानकारी दिए ।
कक्षेपतिका अनुसार नेपाल रास्ट्रिय मुवाथाई संघ को आयोजनामा अन्तरास्ट्रिय प्रशिक्षक तथा यअरलिंटोन मर्जिनिया युएसएमा रहेको पेन्टागन मिक्स मार्सल आर्टका सञ्चालक तथा मुख्य प्रशिक्षक बिबेक नकर्मी को उपस्थितिमा मुवाथाई सेमिनार सञ्चालन गरिने छ ।
सेमिनार विशेषगरेर उपत्यका तथा उपत्यका नजिक रहेका मुवाथाई खेलाडी र कोच हरुलाई लक्षित गरि आयोजना गरिएको अध्यक्ष कक्षेपतिले बताए ।

Loading...