प्रकाश सपुतको ‘गलबन्दी’ पुरानो गीतसंग हुवहु मिलेपछि हङ्गामा (प्रमाण सहित)

मनोरञ्जन मनोरञ्जन समाचार

काठमाडौ २८ जेठ । नेपाली संगीतको बजारमा ठुलो लगानी गरेर एक पछी अर्को गीत निकाल्ने होडबाजी चलिरहेको छ । कसरी युटयुवमा पिआरटी बढाउने अनि चर्चित बन्ने भन्ने यतिबला सबैका एउटै लक्ष्य भएको पाइन्छ । तर प्रतिस्पर्धा गर्दा अर्काको सिर्जना लाई नजानेर नक्कल गरिरहेका छन भने कतिले जानी जानी पनि नजाने भैm गरिरहेका हुन्छन । पछिल्लो समय प्रकाश सपुतको निकै चर्चामा आएको ‘गलबन्दी’ बोलको गीत पनि नक्कल गरिएको चर्चा अनि परिचर्चा भइरहेको छ ।
गलबन्दीको बोलको गीत यतिबेला युटयुवको डेन्डिङ एकमा परको छ । गीतले निकै चर्चा पाएपछि प्रहरीका आइजी सर्वेन्द्र खनालले समेत प्रकाश सपुतलाई फोन गरेर बधाइ दिएको निकै चर्चामा आएको थियो । तर आइजीपीले बधाइदिएको समाचार सञ्चार माध्यममा भाइरल भइरहदा उक्त गीतको भाका गायक शम्भु राई पुरानो गीतसग मिलेको पाइएको छ । शम्भु राइले गाएको ‘आउ नाच साथी हो कम्मर भाँचेर दुइ दिनको जीन्दीलाई विताउ हाँसेर’ बोलको गीतसंग हुबहु मिलेको छ । जसका कारण प्रकाश सपुतको ‘गलबन्दी’ नामक गीत पनि यतिबेला आम दर्शक श्रोता र मिडिया कर्मी बीच ब्यापक छलफलको बिषय बनेको छ ।

गायक सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको स्वरमा रहेको यो गीत बरिष्ठ गायक शम्भु राईको गीत संग हुवहु भाका मिलेको सुनिन्छ। पुरा बिवरण हेर्नुस भिडियोमा

Loading...