गीत चोरीको विषयमा शम्भु राइको धारणा, कारबाहीको लागि यस्तो छ तयारी

मनोरञ्जन मनोरञ्जन समाचार

काठमाडौ २८ जेठ । यतिबेला चर्चामा आएको गीत ‘गलबन्दी’ बोलको गीत चोरीको आरोपको हल्ला आएको छ । गीत चोरी भएको भन्दै प्रकाश सपुतको आलोचना पनि सामाजिक सञ्जालमा भइरहेको छ । गायक शम्भु राईको गीतबाट ‘गलबन्दी’ चोरी भएको भन्ने हल्लाले सामाजिक सञ्जालमा चर्चा पाइरहँदा प्रकाश सपुत आफूले अहिलेसम्म शम्भु राईको ‘आउ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीत नसुनेको दाबी गरेका छन । प्रकाश भन्छन, ‘मेरो गीतसँग मिल्यो भनेको गीत मैले शुक्रबार मात्र सुनेको हुँ, त्यो भन्दा पहिला गीत सुृनेको पनि थिइँन, गीतको लय मिलेको रैछ ।’ तर यस विषयमा गायक शम्भु राइले प्रकाश सपुतलाई आधिकारिक केही नभनेको र शम्भु राइसंग करा गरेपछि मात्र यस विषयमा आधिकारिक धारणा आउने प्रकाशको भनाइ छ ।

यता शम्भु राइले भने हतारमा प्रतिक्रिया दिन चाहेका छैनन । टेलिफोन कुराकानीमा गायक शम्भु राइ भन्छन ‘ हाम्रो पनि विभिन्न संस्थाहरु छन्, प्रस्तोता समाज, संगीतकार संघ, गीतकार संघ, रोयल्टी संकलन समाज जस्ता संस्थाहरुसँग बसेर हामीले छलफल गरिरहेका छौँ, गीतको बारेमा के हो भन्ने कुरा बजारमा स्पस्ट आइसकेको छ, बजारमा दुईओटै गीतहरु आका छन्, त्यो के हो दर्शक श्रोताले छुट्याउने कुरा हो ।’ गायक शम्भु थप्छन, ‘कसको कमिकमजोरी केहो, कहाँ थपघट भयो, कसले कसलाई ‘मिनिमाइज’ गर्यो, संयोगवस् भएको हो वा नियतवस् हो, या त ‘इन्स्पाएर’ भाको हो कि, त्यसको बारेमा पनि हामी बसेर छलफल गर्छौं, त्यसपछि नै स्पस्ट थाहा हुन्छ ।’
प्रकाश सपुत र शान्ति श्री परियारको स्वरमा रहेको गीतमा प्रकाश सपुतकै लय तथा शब्द छ । सपुत आफैँले भिडियोको निर्देशन गरेको गीतलाई युटयुव च्यनलमा एक करोड १६ लाख भन्दा बढीले हेरिसकेका छन । गीतको भिडियोमा अञ्जली अधिकारी र गायक सपुत नै देखिएका छन ।

सम्बन्धित समाचार   प्रकाश सपुतको ‘गलबन्दी’ पुरानो गीतसंग हुवहु मिलेपछि हङ्गामा (प्रमाण सहित)

Loading...