महासंघको चेतावनी, विधेयक फिर्ता नलिए विरोधका कार्यक्रम सुरु गर्ने

मुख्य खबर समाचार

काठमाडौं २८ जेठ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएका छन । राजधानीमा आयोजित एक कार्यक्रममा महासचिव विष्टले सरकारले आफूहरूको जायज माग सम्बोधन गर्न पनि चासो नदिएको भन्दै दुःख पनि व्यक्त गरे।
नेपाल पत्रकार महासंघले सरकारले मिडिया काउन्सिल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुने गरी ल्याएको दावी गर्दै त्यसलाई फिर्ता लिन तेस्रो चरणको दवाव आन्दोलनको कार्यक्रम पनि घोषणा गरेको छ। जस अनुसार असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान संचालन गर्ने, असार ६ गते सो हस्ताक्षर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने, असार १० गते मिडिया काउन्सिल विधेयकविरुद्ध कार्टुन प्रर्दशनी गरिनेछ।
महासंघका महासचिव विष्टले तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत असार २० गते वृहत प्रेस स्वतन्त्रता सभा आयोजना गर्ने, असार २५ गते लालटिन जुलुस आयोजना गर्ने र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम पनि तय गरिएको जानकारी दिए।

Loading...