आफ्नै श्रीमानलाई जेल पठाएर ससुरासँग बुहारीको मस्ती

यौन / स्वास्थ्य

काठमाडौ ३० जेठ । भारतको अमृतपुर जिल्लामा अनौठो घटना सार्वजनिक भएको छ । जहाँ एक महिलाले आफ्नै श्रीमानलाई जेल पठाएर ससुरासँग मस्ती गर्दै आएको खुलासा भएको हो ।
श्रीमानसँग विवाह गरेर आएको केही समयमै ससुराको मायाजालमा फसेकी महिलाले यस्तो कदम उठाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अमृतपुरका अमृतपाल सिंहलाई उनकै श्रीमतीले आत्महत्या गर्न खोजेको झुटो आरोपमा जेल पठाएर ससुरासँग शारीरिक सम्पर्क राख्दै आएको खुलेको हो ।
यो खुलासा अमृतपालले एक भिडियो मार्फत गरेका छन् । श्रीमतीले धोका दिएर आफ्नै बुबासँग सम्बन्ध राखेपछि सहन नसकेर अमृतपालले शुक्रबार श्री दरबार साहिबको अगाडि आत्महत्या गरेका छन् । आत्महत्या गर्नुअगाडि भिडियो सार्वजनिक गरेर उनले यस्तो खुलासा गरेको समाचारमा जनाइएको छ ।
अमृतपाल सिंहले भनेका छन् कि(‘मेरी पत्नीको मेरा बुबा (पत्निका ससुरा) सँग नाजायज सम्बन्ध थियो, जसका कारण मलाई मार्न पहिला पनि कोशिश गरिएको थियो, र आत्महत्या गर्न खोजेको आरोपमा मलाई केही समय जेल पनि पठाइयो ।
त्यो सहन नसकेर म संसारबाट बिदा लिने निर्णयमा पुगेको हुँ ।’ यो खबर सार्वजनिक भएपछि समाजिक सञ्जालमा उनले बोलेको भिडियो भाईरल बनेको छ । यस विषयमा प्रहरीले कुनै प्रतिक्रिया जनाएको छैन् । एजेन्सी