ओखलढुंगाको खिजिदेम्बामा भष्ट्राचार ‘काम कम गरेको पाइयो अब मुदा चलाइन्छ’ अख्तियार

मुख्य खबर राजनीति

ओखलढुंगा ३० जेठ । । ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकामा विभिन्न विकासका योजनाहरुका अनियमितता गरी भष्ट्रचार गरिएको पाइएको छ । विद्यालय तथा बाटो निर्माण कार्यमा भष्ट्राचार हुने गरेको पाइएको छ । विकासका योजनामा फिल्डमा काम नै पुरा नगरी काम सम्पन्न भयो भनी फरफराउ गरी उपभोक्ता समितिले अनियमितता गरेपछि उपभोक्ता समिति अख्तियारको फन्दामा परेका छन ।
उपभोक्ता समितिमार्फत निर्माण तथा मर्मत गरिएका सडकमा अनियमितता भएको भन्दै स्थानीयको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले अनुगमन गर्दा कामको परिमाण पुरा नगरि रकम भूक्तानी तथा फरफराक गरेको पाइए पछि छानवीन सुरु गरेको छ । यता अख्तियारले अनुगमनपछि छानवीन सुरु गरेसंगै गाउपालिकाले दुई योजना लिखु–भूसिंगा सडक र चण्डेश्वरी–फलाटे सडकमा लम्बाइ नपुगेपछि फेरि उपभोक्ता मार्फत सोलिङको काम थालिएको छ । दुइ योजनमा अख्तियारको अनुगमनपछि गाउपालिकाको निर्देशनमा पुन काम थालिएको हो । अहिले समितिले अख्तियारको निर्देशन अनुसार काम शुरु गरेको गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले अखबार अनलाइनलाई बताए । अध्यक्ष रोक्काका अनुसार उपभोक्तालाई जिम्मा दिएपछि मापदण्ड र नियम अनुसारको काम नहुदा उपभोक्ता समिति र प्राविधिक नै जवाफदेही हुनु पर्ने बताए । सडकको लम्बाइ अनुसार काम नभए त्यसको जवाफ गाउपालिकाले नभएर उपभोक्ता समितिले जवाफ दिनु पने अध्यक्ष रोका बताउछन । त्यसो भए प्राविधिकलाई के कारबाही गर्नु हुन्छ भन्ने प्रश्नको जवाफमा अध्यक्ष रोका भन्छन ‘गाउपालिकाले कारबाही गर्ने भन्दा पनि अख्तियारले कारबाही गर्छ ।’ त्यसो त गाउपालिको निर्देशनमा पुरा नभएको काम पुन उपभोक्ता समितिलाई पुरा गर्न निर्देशन दिएको यसको लागि गाउपालिकाले थप भुक्तानी दिन्छ की भन्ने प्रश्नको जवाफमा ‘उपभोक्ता समितिलाई जिम्मा लगाएको काम उनीहरुले नै पुरा गर्नुपर्छ गाउपालिकाले भुक्तानी दिनेछैन अध्यक्ष रोकाले बताए ।

अख्तियारका अनुसार अनुगमन गर्दा परिमाण नपुगेको पाएको र थप अनुसन्धान गरेर कारवाही अगाडी बढाउने जनाएको छ । अख्तियारको अनुगमनपछि उपभोक्ता समिति र गाउँपालिकाले अख्तियारले अपुग काम पुरा गर्न निर्देशन दिएको भन्दै सोलिङको काम थालेका छन् । अख्तियारको इटहरीस्थित कार्यालयका प्रमुख महेश आचार्यले अनुसन्धान गरेर काम कम गरेको प्रमाणित हुँदा मुद्दा चल्ने तर, काम नलगाइने बताएउदै उपभोक्ता समितिले आफु जोगिन काम थालेको हुन सक्ने आचार्यले बताए ।

स्रोतका अनुसार लिखु–भूसिंगा सडकमा आर्थिक वर्ष ०७४÷०७५ को बजेटबाट ५९ लाख ५० हजार खर्च भएकोमा २ सय ५० मिटर सोलिङ कम गरेको तथा चण्डेश्वरी–फलाटे खण्डमा २६ लाख खर्च गरेकोमा १ सय २० मिटर कम काम गरेको पाइएको छ । त्यसैगरी चण्डेश्वरी–फलाटे खण्डमा २६ लाख खर्च भएकोमा १ सय २० मिटर सोलिङ अपुग भएको छ । यस योजनाका उपभोक्ता समितिको अध्यक्ष र सचिवको मिलोमतोमा कोषाध्यक्षलाई १० वटा खाली चेकमा हस्ताक्षर गर्न लगाइ खाली चेक लगिएको कोषाध्यक्ष कमला सुनुवारले बताएकी छन । प्राप्त जानकारी अनुसार गाउपालिकाका कर्मचारी र उपभोक्ता समितका पदाधिकारीहरुको मिलोमतोमा खिजीदेम्बा गाउपालिमा भष्ट्रचार हुने गरेका जानकारी प्राप्त भएको छ ।

निर्माण भएको सडकमा सामान्य मर्मत गरेर ठूलो रकम हिनामिना गरेको स्थानीयहरुको  दावी छ ।लिखु–भूसिंगा सडक निर्माण समिति र चण्डेश्वरी–फलाटे सडक स्तरोन्नति उपभोक्ता समितिले गाउँपालिकाका कर्मचारी र प्राविधिकसँग मिलेर परिमाण पुरा नगरि रकम भूक्तानी तथा योजना फरफराक गरेको भन्दै स्थानीयले ०७५ भदौमा अख्तियारको इटहरीस्थित कार्यालयमा उजुरी गरेका थिए ।

Loading...