कमलादीको डान्सबार ४ वटा बियर खाँदा २ लाख ५० हजार बिल !

मुख्य खबर समाचार

काठमाडौं ३१ जेठ । डान्स बारमा ४ वटा वियरको मुल्य कति होला ? सामान्य रुपमा अनुमान गर्दा १२ र १५ सय तर राजधानीको कमलादीस्थित ज्याक डेनियल डान्सबारमा ४ वटा वियरको मुल्य २ लाख ५० हजार तिर्नु परेको छ ।
जेठ २७ गते राती तीन जना बंगलादेशी नागरिक ज्याक डेनियल डान्सबार छिरे । उनीहरु करीब एक घण्टा डान्सबारमा बस्दा जम्मा ४ वटा बियर र स्न्याक्स खाएका थिए ।
विल माग्दा २ लाख ५० हजारको बिल थमाइयो । अत्याधिक बिल कसरी आयो भन्दै बंगलादेशी नागरिकले संञ्चालकलाई प्रश्न गर्दा उल्टै मोबाइल र भएका नगद खासेर दुर्व्यवहार गर्दै बाहिर निकालिएको थियो । मोबाइल र नगद डान्सबार सञ्चालकले खोसेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए । प्रहरीलाई खबर गरेसंगै मोबाइल र नगद डान्सबार सञ्चालकले खोसेपछि उनीहरुले प्रहरीमा खबर गर्यो ।
डान्सबारमा पुगेका बंगलादेशी नागरिकलाई ठगी गरेको अभियोगमा प्रहरीले सञ्चालकहरु किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेको हो ।
उनीहरुमाथि म्याद थप गरेर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द बोगटीले जानकारी दिए । बोगटीका अनुसार यसअघि पनि बालाजु, नयाँ बसपार्क, ठमेललगायतका क्षेत्रमा यस्ता घटनाहरु हुने गरेका थिए ।

Loading...