शान्तिनगरमा जीप दुर्घटना ११ जना घाइते दुइको अवस्था गम्भिर

मुख्य खबर समाचार

दाङ ३१ जृठ । दाङको शान्तिनगरमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
शुक्रबार दिउँसो तुलसीपुरबाट खिलतपुर जाँदै गरेको लु १ ज ११९१ नम्बरको यात्रुबहाक जीप शान्तिनगर ४ गब्दुवामा जीप दुर्घटना भएको हो । गम्भीर घाइते हुनेमा शान्तिनगर १ की ३९ वर्षीया खिमा ओलीको हात खुट्टा र टाउकोमा चोट लागेको छ, भने सोही ठाउँकी ५० वर्षीया छवी डाँगीको टाउकोमा चोट लागेको छ। उनीहरूको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज लगिएको चिराघाट प्रहरी चौकीका प्रमुख भरतनाथ योगीले बताए।
अन्य ९ जनाका भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। अन्य घाइते हुनेमा शान्तिनगर १ निवासी पुर्णकली राना, अनिता राना, संजय नेपाली, मन्तरी सोमै, भिमा घर्ती, टीका दर्लामी, डम्बर पुन, देविका ओली र आयुशा दर्लामी वसन्ता रहेका छन्। जीप चालक टीकाराम खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटना के कारणले भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Loading...