ओम अस्पताल तोडफोड : लाठि चार्जबाट घाइते भएका दुइ जना बच्चा प्रहरीद्धारा गायब, पाँच प्रहरी घाइते, स्थिति तनाव

मुख्य खबर समाचार

काठमाडौँ ३१ जेठ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चावहिलको ओम अस्पतालमा तनाव उत्पन्न भएको छ । विरामीका आफन्तले प्रदर्शन गरेपछि प्रहरीले लाठिचार्ज गर्नुका साथै दर्जनौ अश्रुग्यास प्रहार गरेको छ । मृतकका आफन्त र प्रहरीबीच झडप हुदा पाँच जना प्रहरी घाइते भएका छन भने दर्जनौ प्रदर्शनकारी घाइते भएका छन ।
बाक्लो संख्या प्रहरी परिचालन गरी अस्पताल प्रशासनले प्रदर्शनकारीलाई हतोत्साहित बनाउने प्रयास स्वरुप डिएस्पीको कमाण्डमा दर्जनो प्रहरी परिचालन गरिएको छ । शुक्रबार दिउसो प्रदर्शनकारी र प्रहरीबीच झडप हुदा अस्पताल बाहिर बाटो आफनो २ बर्षको नातिनी बोकेर बाटो हिडदै गरेकी ६० बर्षकी आमालाई समेत प्रहरीले लाठि बर्साएको थियो । प्रहरीले लाठि बर्साएपछि २ बर्षीय बालिका बेपत्ता भएकी छन । त्यसैगरी सडकमा हिडदै गरेका अर्का १० बर्षीय बालकलाई समेमत लाठि चार्ज गरी टाउको फुटाइ दिएको र उक्त बालकलाई प्रहरीले भ्यानमा राखेर अन्यत्र लगेको प्रत्यक्षदर्शीले अखबारअनलाइनलाई बताएका छन । यता २ बर्षीय बालिकालाई पनि प्रहरीले गायब बनाएर्का आफन्तको आरोप छ ।
१० बर्षीय बालक र २ बर्षीय बालिका कहा छन भन्ने यो समाचार तयार पार्दासम्म जानकारीमा आएको छैन । वेपत्ता बच्चाका आफन्तले प्रहरीसंग जानकारी लिदा प्रहरी मौन रहेको आफन्तले बताएका छन । यसरी १० बर्षीय बालक र २ बर्षीया बालिकालाई बेपत्ता बनाएपछि दुबै बच्चाका आफन्तहरु भेला भएर प्रहरी प्रति नारा जुलुस गरिरहेका छन । प्रहरीले बेपत्ता भएका बच्चाका आफन्तलाई घर जानु तपाइको बच्चा हामी गाडीमा हालेर घरैमा ल्याइदिने छौ भन्दै टार्न खोजिरहेको आफन्तले जानकारी गराएका छन ।

पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्दा ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएपछि मृतका आफन्तले विहिबार र शुक्रबार प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्ताक्षेप गरेको थियो ।

यस्तो छ मृतकका ज्वाई खड्ग श्रेष्ठको बयान
दिदीलाई बिहाबार पेट दुख्यो भनेपछि ओम अस्पतालमा स्वास्थ्य परीक्षणको लागि ल्याइएको थियो । अस्पतालको रिपोर्टले पत्थरी भएको देखायो । शुक्रबारनै शल्यक्रिया गर्नुपर्छ भन्ने अस्पतालको सल्लाह पछि गएको शुक्रबार जेठ २४ गते शल्यक्रिया गरियो ।

त्यसपछि स्वास्थ्यमा सुधार आउनुको सट्टा शनिबार रामप्यारीको ब्लड पेसर लो हुने उनलाई शास फेर्न गाह्रो हुने समस्या भयो । त्यसपछि अस्पतालले सबै स्वास्थ्य परीक्षण गरियो र आइतबार सिटी स्क्यान सम्म गरियो । सिटी स्क्यानबाट पनि समस्या पत्ता नलागे पछि भिडियो एक्स(रे बाट निमुनिया होकी भन्ने आशंका भयो । निमोनिया भएको भए निको हुन्छ भन्ने सोचमा हामी थियौँ ।

पछि डाक्टरले आफन्तहरुलाई भित्र बोलाएर आन्द्रामा इन्जुरी रैछ भन्ने कुरा गरे अर्थात पत्थरीको शल्यक्रिया गरेको समयमा सानो आन्द्रा छेडे पनि नटाली पेटमा टाका लगाएको रैछ । तुरुन्त शल्यक्रिया गर्नुपर्छ भनेपछि आईतबार फेरि शल्यक्रिया गरियो । शल्यक्रिया सकेपछि डा।रविन कोइरालाले डेढ मिटरभन्दा बढी आन्द्रा काम नलाग्ने भएको रैछ त्यो आन्द्रा मैले काटेर फालिदिए भने ।

अहिले आन्द्रा नपुगेको कारणले बिरामीको आन्द्रा जोड्ने समय पनि पाईन मलद्धारमा जाने आन्द्रा मैले पेटबाट बाहिर निकाली दिएको छु डा।कोइरालाले हामीलार्ई भने । त्यसलगतै आईतबारनै बिरामीलाई भेन्टिलेटरमा लगियो । सोमबार पनि अलि ठिक हुँदैछ । मंगलबार अलि स्वास्थ्यमा समस्या आयो भनेर भन्दा भन्दै आज बिहान ७ बज्न २ देखि ३ मिनेट बाँकी हुँदा बिरामीको मृत्यु भयो ।

उपचार गर्न ल्याएको रामप्यारीको यसरी निधन भएपछि अहिले ओम अस्पतालमा आफन्तको घुँईचो लागेको छ । अस्पताल परिसरमा प्रहरी खटाइएको छ । मृतक रामप्यारीको ज्वाई खड्ग श्रेष्ठका अनुसार अहिलेसम्म पनि अस्पताल प्रशासनसँग छलफल नभएको बताए । अस्पतालबाट गल्ती भएको भन्ने कुराको कुनै पनि प्रतिक्रिया नजनाएको आफन्तहरुको भनाई छ । तस्वीर पुष्पा धमला

Loading...